करबारे नागरिकले बुझ्नैपर्ने कुरा के हुन् ? (अन्तरवार्ता)
अनलाइनसमय |
२७ असार २०८३
काठमाडौं, २७ असार । नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष रूपमा जोडिएको, तर धेरैले अझै पनि स्पष्ट रूपमा नबुझेको एउटा महत्वपूर्ण विषय हो– कर प्रणाली । हामीमध्ये धेरैले कर भनेपछि आयकर बुझ्ने गर्छौं । तर वास्तवमा हामीले दैनिक किनमेल गर्दा, मोबाइल र इन्टरनेट चलाउँदा, होटल–रेष्टुराँमा खाना खाँदा, सवारीसाधन प्रयोग गर्दा, घरजग्गा किनबेच गर्दा वा विभिन्न सरकारी सेवा लिँदा पनि कुनै न कुनै रूपमा कर तिरिरहेका हुन्छौं । अर्थात्, कर केवल व्यवसायी वा धेरै आम्दानी हुने व्यक्तिले मात्र तिर्ने विषय होइन, यो हरेक नागरिकसँग प्रत्यक्ष रूपमा जोडिएको जिम्मेवारी हो ।
यतिबेला सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत आयकरका दरदेखि मूल्य अभिवृद्धि कर (भ्याट)सम्मका दर हेरफेर गरेको छ । यिनै विषयलाई आम नागरिकले सहज रूपमा बुझ्न सकून् भन्ने उद्देश्यले आज हामी कर प्रणालीका आधारभूत अवधारणादेखि पछिल्ला नीतिगत सुधारसम्मका विषयमा विस्तृत छलफल गर्नेछौं ।
बिहीबार हिमालयन टेलिभिजनमा प्रसारण भएको कार्यक्रम वित्तीय शिक्षामा सिनियर फ्याकेल्टी मेम्बर तथा इलाइट सीए नवराज लामिछानेसँग गरिएको कुराकानी :