बजेटबाट धितोपत्र लगानीकर्ताको अपेक्षा के ? (अन्तरवार्ता)
अनलाइनसमय |
१५ जेठ २०८३
काठमाडौं, १५ जेठ । नेपालको धितोपत्र बजारमा लामो समयदेखि गतिरोध देखिएको छ । नयाँ सरकार गठनपछि उत्साहित बनेका लगानीकर्ताको सक्रियता र मनोबल बढ्न सकेको छैन । तर नेपालको धितोपत्र बजारमा सरकार तथा नियामकका नीति तथा कार्यक्रमले पनि ठूलो प्रभाव पार्ने गरेको छ । यस अर्थमा शुक्रवार सार्वजनिक हुने बजेटबाट पनि लगानीकर्ताले ठूलो आशा र अपेक्षा गरेका छन् ।
त्यसबाहेक नेपालको धितोपत्र बजारका लगानीकर्तामा लगानी साक्षरताको खाडल पनि ठूलो छ । यस्तो अवस्थामा बजारलाई कसरी बुझ्ने, जोखिम कसरी व्यवस्थापन गर्ने, कस्ता कम्पनी छनोट गर्ने, पोर्टफोलियो विविधीकरण किन आवश्यक भन्ने जस्ता विषयमा साक्षरता बढाउन आवश्यक छ ।
हिमालयन टेलिभिजनमा प्रसारण भएको कार्यक्रम वित्तीय शिक्षामा नेपाल शेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डेसँग गरिएको कुराकानी :