नेपालमा हवाई बीमा किन पछाडि ? कसरी हुन सक्छ विस्तार ? (भिडियो रिपोर्ट)

अनलाइनसमय |
११ वैशाख २०८३
नेपालमा हवाई बीमा किन पछाडि ? कसरी हुन सक्छ विस्तार ? (भिडियो रिपोर्ट)

काठमाडौं, ११ वैशाख । नेपालको निर्जीवन बीमा बजारमा हवाई बीमालेख उल्लेख्य बढेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको फागुनसम्ममा १५६ वटा हवाई बीमालेख जारी भएका छन् । जुन गतवर्षको सोही अवधिको भन्दा ७७ प्रतिशतभन्दा बढी हो । गत आवको फागुनसम्ममा बीमा कम्पनीहरूबाट ८८ वटा मात्र हवाई बीमालेख जारी भएको थियो । उच्च जोखिम हुँदाहुँदै पनि हवाई बीमामा नेपाली बीमा कम्पनीको उपस्थिति बढ्नुलाई सकात्मक मानिएको छ ।

त्यसो त हवाई बीमा जोखिमको मात्र होइन, निकै प्राविधिक विषय पनि हो । हाल नेपालमा १७ वटा निर्जीवन बीमा कम्पनी भए तापनि प्रभु इन्स्योरेन्स लगायत केही कम्पनीले मात्र यो बीमा गर्दै आएका छन् ।

हवाई बीमामा विभिन्न जोखिमको कभर हुन्छ । जसअनुसार हल बीमाले उडान, अवतरण वा जमिनमा रहेको अवस्थामा हुन सक्ने विमानको भौतिक क्षतिलाई समेट्छ । दायित्व बीमाअन्तर्गत यात्रु, तेस्रो पक्ष तथा कार्गोको दायित्वको रक्षावरण हुन्छ । यस्तै विशेष कभरेजअन्तर्गत युद्ध, आतंकवाद वा अपहरणजस्ता जोखिमको समेत बीमा हुन्छ । यस्ता धेरै पक्ष समेटिने भएकाले एउटै हवाई दुर्घटनाले पनि ठूलो दाबी दायित्व सिर्जना हुन्छ ।

हवाई बीमामा उच्च जोखिमसँगै बीमांक रकम समेत ठूलो हुन्छ । सोहीकारण स्वदेशी बीमकले कुल बीमांकको न्यूनतम जोखिममात्र आफूले राखेर बाँकी जोखिम पुनर्बीमालाई हस्तान्तरण गर्दै आएका छन् । साथै पुनर्बीमाका लागि पनि विदेशी कम्पनीमै निर्भर हुनुपर्ने अवस्था छ ।

नेपालको हवाई बीमामा व्यवसाय विस्तारको ठूलो अवसर समेत छ । यसका लागि जोखिम न्यूनीकरण, बीमकको पूँजीगत क्षमता विकासदेखि बीमा पुलसम्मको व्यवस्था हुनुपर्नेमा जोड दिइएको छ ।

गत फागुनसम्ममा नेपालमा बीमालेखको संख्या बढे पनि यसबापतको बीमाशुल्क संकलन भने घटेको छ । गत आवको फागुनसम्ममा हवाई बीमालेखबाट १ अर्ब ६७ करोड ९७ लाख बीमाशुल्क संकलन भएकोमा चालु आवको सोही अवधिमा १ अर्ब ६० करोड ३८ लाख संकलन भएको छ ।

बिहीबार हिमालय टेलिभिजनमा प्रसारण भएको कार्यक्रम वित्तीय शिक्षाको भिडियो :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस