ऋण किन लिने ?, लिनुअघि र लिएपछि ध्यान दिनुपर्ने विषय के ? (अन्तरवार्ता)
अनलाइनसमय |
५ वैशाख २०८३
काठमाडौं, ४ वैशाख । आधुनिक युगमा आर्थिक समृद्धि र व्यक्तिगत सफलताको एउटै आधारस्तम्भ छ, त्यो हो— वित्तीय साक्षरता । वित्तीय साक्षरताले मानिसलाई केवल बचत गर्न मात्र होइन, उद्यमशीलता विकास, लगानीको सोचको विकास र समग्र आर्थिक प्रणालीप्रति विश्वास कायम गर्न मद्दत गर्दछ । यसले आम्दानीको उचित उपयोग, मितव्ययी जीवनशैली, भविष्यका लागि बचत तथा उद्यमशीलतामा लगानी गर्न प्रेरित गर्छ । नेपालको सन्दर्भमा हेर्ने हो भने नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार हाम्रो वित्तीय साक्षरता दर ५८ प्रतिशत पुगेको छ । यो अंक उत्साहजनक देखिए पनि अझै झन्डै आधा जनसंख्या वित्तीय चेतनाको मूलधारभन्दा बाहिर छ ।
यगैगरी पछिल्ला वर्षहरूमा देशको आर्थिक अवस्था सुस्त छ । आर्थिक शिथिलता र अस्तव्यस्त वित्तीय अवस्थाले मानिसको मानसिक स्वास्थ्यमा समेत गहिरो असर पारेको छ । आर्थिक अनिश्चितताले निम्त्याउने तनाव आजको समाजको एक अदृश्य, तर गम्भीर समस्या बनेको छ । त्यसैले, वित्तीय साक्षरतालाई अब केवल जानकारीको विषय मात्र होइन, एउटा अभियानकै रूपमा अगाडि बढाउनुपर्ने आवश्यकता छ । कुनै पनि व्यक्तिको जीवनमा वित्तीय ज्ञानले कसरी सकारात्मक परिवर्तन ल्याउँछ ? डिजिटल दुनियाँमा वित्तीय रूपमा कसरी स्मार्ट बन्ने ? साथै आर्थिक समस्याबाट उत्पन्न हुने मानसिक दबाबलाई कसरी व्यवस्थापन गर्ने ? आजको वित्तीय संवादमा यिनै महत्वपूर्ण र बहुआयामिक विषयहरूमा केन्द्रित रहेर विशेष छलफल गर्नेछौं । यस विषयमा बिहीबार हिमालयन टेलिभिजनमा प्रसारण भएको कार्यक्रम वित्तीय शिक्षामा नेपाल राष्ट्र बैंकका उपनिर्देशक, प्राज्ञ डा. भागवत आचार्यसँग गरिएको कुराकानी :