casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

ग्लोबल मनी विक २०२६: नबिल स्टक डिलरको वित्तीय साक्षरता कार्यक्रम (भिडियो रिपोर्ट)

अनलाइनसमय |
७ चैत २०८२
ग्लोबल मनी विक २०२६: नबिल स्टक डिलरको वित्तीय साक्षरता कार्यक्रम (भिडियो रिपोर्ट)

काठमाडौं, ७ चैत । नेपालको अर्थतन्त्रमा धितोपत्र बजारको महत्वपूर्ण भूमिका र योगदान रहँदै आएको छ । धितोपत्र बजार लगानी एवं प्रतिफलका दृष्टिकोणले आकर्षक क्षेत्र मानिन्छ । सोही कारण नेपालको धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता बढ्दै गएको छ । तर धितोपत्र बजारमा गरिने लगानीबाट सधैं प्रतिफल मात्र पाइन्छ भन्ने सुनिश्चित हुँदैन । बजारका आधारभूत पक्षहरूबारे नजानी, नबुझी गरिने लगानीमा जोखिम पनि उत्तिकै हुन्छ । त्यसैले लगानीकर्ताका लागि वित्तीय साक्षरता अपरिहार्य हुन्छ ।

धितोपत्र बजारसम्बन्धी ज्ञान, सीप र सचेतनाको यही महत्वलाई आत्मसात् गरी सम्बन्धित निकाय र सरोकारवालाहरूले विभिन्न समयमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आएका छन् । यसै क्रममा, यस साता सञ्चालन भइरहेको ग्लोबल मनी विक २०२६ को अवसरमा नेपालको अग्रणी ब्रोकर, स्टक डिलर तथा बजार निर्माता नबिल स्टक डिलरले काठमाडौं र पोखरासहित विभिन्न ठाउँमा वित्तीय साक्षरतामूलक कार्यक्रम सञ्चालन गरेको छ ।

ग्लोबल मनी विकको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत संस्थाले विद्यालय तथा कलेजका विद्यार्थीहरूबीच ‘वित्तीय साक्षरता अभिवृद्धि कार्यक्रम’ आयोजना गरेको हो । यस वर्षको ग्लोबल मनी विकको थिम ‘स्मार्ट मनी टक्स’मा आधारित रहँदै पैसाको सदुपयोग, बचत तथा लगानीमार्फत आफ्नो वित्तीय भविष्यलाई कसरी सुरक्षित बनाउन सकिन्छ भन्ने विषयमा विद्यार्थीहरूलाई प्रशिक्षित गर्नु कार्यक्रमको मूल उद्देश्य रहेको थियो ।

संस्थाले सञ्चालन गरेका दुवै कार्यक्रममा विद्यार्थीलाई दैनिक जीवनमा सही व्यवस्थापन कसरी गर्ने, वित्तीय योजना कसरी बनाउने र भविष्यका लागि प्रतिफलमुखी क्षेत्रमा कसरी लगानी गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिइएको थियो । यसैगरी धितोपत्र बजारको महत्व, बजार प्रवेशका लागि आवश्यक पर्ने बैंक तथा डिम्याट खाता, मेरो शेयर र दोस्रो बजारमा कारोबारका लागि टीएमएस खाता खोल्नुपर्ने विषयमा जानकारी गराइएको थियो । सो अवसरमा नबिल स्टक डिलरले प्रवाह गर्दै आएका सेवासुविधाबारे पनि जानकारी दिइएको थियो ।

धितोपत्र बजारमा समय–समयमा उतारचढाव आउन सक्ने भएकाले लगानी गर्दा यथार्थ र उपयुक्त सूचना लिएर संयमित तथा विवेकशील भई लगानीको निर्णय लिनुपर्ने प्रशिक्षकको सुझाव थियो । कुनै पनि लगानीमा प्रतिफलको अवसरसँगै जोखिम पनि हुने भन्दै धितोपत्र बजारका सम्भावित जोखिमहरूबारे सचेत गराइएको थियो ।

धितोपत्रमा लगानी गर्नुपूर्व आफ्नो लगानीको उद्देश्य, समयावधि, अपेक्षित आम्दानीजस्ता विषयमा स्पष्ट भई धैर्यता, लगनशीलता तथा दूरदृष्टि राखेर लगानी गर्नु बुद्धिमानी मानिन्छ । साथै धितोपत्र बजारका सम्भावित जोखिमहरूबाट बच्न लगानी विविधीकरण गर्नुपर्ने र लगानी गरिने कम्पनीका आधारभूत पक्षहरू बुझ्नुपर्नेमा जोड दिइएको छ ।

संस्थाले सञ्चालन गरेको वित्तीय साक्षरता कार्यक्रमबाट धितोपत्र बजारबारे आफूहरूले आधारभूत, अत्यावश्यक एवं महत्वपूर्ण ज्ञान, सीप तथा चेतना हासिल गरेको सहभागी विद्यार्थीहरूको प्रतिक्रिया छ ।

साथै, कार्यक्रमबाट प्राप्त वित्तीय साक्षरताले धितोपत्र बजारमा प्रवेश तथा विवेकशील भई लगानी गर्ने प्रेरणा मिलेको सहभागीहरूको भनाइ छ ।

नबिल बैंकको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी नबिल स्टक डिलरले २०८० मङ्सिर २९ गतेदेखि औपचारिक रूपमा सेवा सुरु गरेको थियो । यो कम्पनी देशकै सबैभन्दा ठूला पूर्ण सेवा प्रदान गर्ने स्टक डिलर, मार्केट मेकर तथा शेयर ब्रोकरमध्ये एक हो । प्रविधिमैत्री वित्तीय सेवा प्रदायक यस कम्पनीले एउटै लग–इन प्लेटफर्ममार्फत ब्रोकर सेवा, परामर्श सेवा, मार्जिन ट्रेडिङ, पोर्टफोलियो व्यवस्थापन लगायत विविध सेवा दिँदै आएको छ । देशभरका सबै वर्ग र क्षेत्रका ग्राहकका लागि लगानी प्रक्रिया सरल बनाउँदै अधिकतम प्रतिफल हासिल गर्न सहयोग गर्ने विश्वसनीय लगानी साझेदार बन्ने संस्थाको आकांक्षा छ ।

अत्याधुनिक प्रविधि एवं नवप्रवर्तनका साथ प्रभावकारी सेवा प्रदान गर्दै पूँजी बजारप्रति विश्वास अभिवृद्धि तथा यसको दिगो विकास र विस्तारमा संस्थाको महत्वपूर्ण भूमिका रहँदै आएको छ ।

बिहीबार हिमालय टेलिभिजनमा प्रसारण भएको कार्यक्रम वित्तीय शिक्षाको भिडियो 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun