casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

१३ लाख नक्कली नोट र ३० केजी अफिमसहित ५ जना पक्राउ

अनलाइनसमय |
३२ असार २०८२
१३ लाख नक्कली नोट र ३० केजी अफिमसहित ५ जना पक्राउ

काठमाडौं, ३२ असार । १३ लाख बराबरको नक्कली नोट र ३० किलोग्राम (केजी)भन्दा बढी अवैध लागूऔषध अफिमसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा जाजरकोट कुशे गाउँपालिका–५ घर भएकी २२ वर्षीया दिलमाया सिंह ठकुरी, सोही गाउँपालिका–५ खुर्पा घर भएका ३३ वर्षीय राम बहादुर सिंह, सोही गाउँपालिका–७ समकोट गमौडी घर भई सुर्खेत भेरीगंगा नगरपालिका–१२ ठकुरी टोल डेरा गरी बस्ने ३५ वर्षीय कृष्ण बहादुर वली, ३८ वर्षीय प्रेम बहादुर विक र कालिकोट नरहरीनाथ गाउँपालिका–४ घर भई बाँके कोहलपुर नगरपालिका–११ न्यूरोडमा जनगर्जन नेटवर्क प्रा.लि. मिडिया सञ्चालन गरी बस्ने ३४ वर्षीय मन बहादुर सहकारी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले वीरेन्द्रनगर नगरपालिका–१० शान्ति टोलबाट दिलमायालाई ६ हजार रुपैयाँ नक्कली नोटसहित सोमबार दिउँसो पक्राउ गरेको थियो । थप अनुसन्धानको क्रममा राम बहादुर र दिलमायाको डेरा कोठा तलासी गर्दा थप नेपाली १२ लाख ३६ हजार रुपैयाँ नक्कली नोट फेला परेको छ ।

साथै कृष्ण बहादुर र प्रेम बहादुरको डेरा कोठा तलासी गर्दा अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ ११ किलो ३ सय ७२ ग्रामसहित फेला पारी उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी, घटनाको थप अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय सुर्खेत तथा इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेबाट खटिएको प्रहरीले मन बहादुरले संचालन गरेको जनगर्जन नेटवर्क प्रा.लि तथा उनको कोठा तलासी गर्दा ५१ हजार रुपैयाँ नक्कली नोट, अफिम जस्तो देखिने पदार्थ १९ किलो ३ सय ग्राम, प्रिन्टर १ थान, सिपियु १ थान, मोनिटर १ थान, किबोर्ड १ थान, माउस १ थान लगायतका सामान फेला पारी मंगलबार बिहान पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun