casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

धितोपत्र बजारमा बढ्यो शंकास्पद कारोबार (भिडियो रिपोर्ट)

अनलाइनसमय |
१६ जेठ २०८२
धितोपत्र बजारमा बढ्यो शंकास्पद कारोबार (भिडियो रिपोर्ट)

काठमाडौं, १६ जेठ । नेपालमा वित्तीय अपराधका शंकास्पद कारोबार तथा गतिविधि बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाईले हालै सार्वजनिक गरेको २०२४ को प्रतिवेदनका अनुसार सम्बन्धित सूचक संस्थाले यस इकाईमा सम्प्रेषण गरेका शंकास्पद कारोबार तथा गतिविधिको रिपोर्टिङ एक वर्षमै करीब ४९ प्रतिशतले बढेको छ । शंकास्पद कारोबारको रिर्पोटिङ धेरै बढ्नेमा धितोपत्र बजार रहेको छ । जहाँ धितोपत्र ब्रोकरहरूबाट शंकास्पद कारोबार रिपोर्टिङ अघिल्लो वर्षको तुलनामा साढे ३ गुणाले बढेको छ ।

सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ बमोजिम सूचक संस्थाले वित्तीय जानकारी इकाइमा शंकास्पद कारोबारको रिपोर्टिङ गर्नुपर्छ । सन् २०२४ मा धितोपत्र ब्रोकरहरूबाट सम्पत्ति शंकास्पद कारोबारको २९० ओटा रिर्पोटिङ भएका छन् । यस्तै मर्चेन्ट बैंकर, भेन्चर क्यापिटल्स र स्टक डिलरबाट एक÷एकओटा रिपोर्टिङ गरिएको छ । अघिल्लो वर्ष धितोपत्र ब्रोकरहरूबाट शंकास्पद कारोबारका ६२ ओटा रिपोर्टिङ भएका थिए ।

सम्पत्ति शुद्धीकरण भन्नाले गैरकानूनी कार्य गरी आर्जन गरेको सम्पत्तिलाई कानूनी स्रोतबाट प्राप्त भएको देखाउन त्यस्तो सम्पत्तिको वास्तविक स्रोत लुकाउने, प्रकृति बदल्ने वा कारोबार छल्ने कार्यलाई बुझिन्छ । सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रणसम्बन्धी मापदण्ड तय गर्ने अन्तर्राष्ट्रिय निकाय फाइनान्सियल एक्सन टास्कफोर्स (एफएटिएफ)ले नेपाललाई दुई वर्षका लागि ‘गे्र लिस्ट’मा राखेको छ ।

धितोपत्र बजारमा सम्पत्ति शुद्धीकरण निवारणका लागि नेपाल धितोपत्र बोर्डले धितोपत्र बजार सहभागीहरूका लागि लक्षित मार्गदर्शन नै जारी गरेको छ । साथै स्थलगत निरीक्षण तथा सुपरिवेक्षणका काम समेत हुँदै आएको बताइएको छ ।

सम्पत्ति शुद्धीकरण निवारणमा वित्तीय चेतना र शिक्षाको महत्वपूर्ण हुन्छ भूमिका । साथै यस्ता गतिविधि नियन्त्रणमा नियामक निकाय र सरोकारवाला संस्थाहरूको साझा पहल, समन्वय र सहकार्यको खाँचो देखिन्छ ।

सन् २०२४ मा धितोपत्र ब्रोकरहरूबाट गरिएको शंकास्पद रिपोर्टिङको रकम समेत ४९ प्रतिशतले बढेको छ । यस्तो रकम २०२३ मा ४२ करोड ९० लाख रहेकोमा २०२४ मा ६४ करोड पुगेको हो । समग्रमा शंकास्पद कारोबार रकम समेत २०२३ को ४० अर्ब ६ करोडबाट १७ प्रतिशतले घटेर ३४ अर्ब ९७ करोडमा सीमित छ ।

प्रस्तुत छ, हिमालय टेलिभिजनको बिहीवार प्रसारित वित्तीय शिक्षा कार्यक्रममा भिडियो रिपोर्टः

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun