casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

एनसिसि र एनबिआईको सहकार्यमा नेपाल बिजनेस समिटको दोस्रो संस्करण वैशाखमा हुने

अनलाइनसमय |
२२ फागुन २०८१
एनसिसि र एनबिआईको सहकार्यमा नेपाल बिजनेस समिटको दोस्रो संस्करण वैशाखमा हुने

काठमाडौं, २२ फागुन । नेपाल बिजनेस समिटको दोस्रो संस्करण आगामी २०८२ साल बैशाख ७ गते काठमाडौंमा आयोजना हुने भएको छ ।

नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसमेत आयोजक रहने सम्मेलन आयोजनाबारे चेम्वर भवन जमलमा नेपाल चेम्वर अर्फ कमर्ष (एनसिसि र नेपाल बिजनेश इन्स्टिच्युट (एनबिआई) बीच सम्झैता भएको थियो ।

समिट ‘इकोनमी फर सस्टेनेबल एन्ड रेसिलेन्ट फ्युचर’ भन्ने नाराका साथ आयोजना हुने भएको छ । यो वर्षको सम्मेलनमा आर्थिक, बैंकिङ, उद्योग÷व्यवसायिक तथा अधिक संभावना बोकेका क्षेत्रहरुमा देखिएका जल्दाबल्दा विषयहरुमा केन्द्रित रहेर सम्बन्धित विषय÷क्षेत्रका स्वदेशी तथा विदेशी प्राज्ञ÷विज्ञ, उदीयमान युवा तथा महिला उद्यमीहरुकोवीचमा छलफल र बहस गरिने जनाइएको छ ।

बहस सत्रहरुबाट प्राप्त हुने दुरगामी महत्वका बहुपयोगी सुझावहरु समावेश भएको निष्कर्ष प्रतिवेदन बनाई उचित कार्यान्वयनका लागि तीनै तहका सरकारहरुलाई हस्तान्तरण गर्ने उद्देश्य राखिएको नेपाल चेम्बरले जनाएको छ ।

समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै नेपाल चेम्वर अफ कमर्षका अध्यक्ष कमलेश अग्रवालले समग्र निजी क्षेत्र उत्साहित बन्न नसकिरहेको सन्र्दभमा आयोजना हुन लागेको यो सम्मेलनले तीनै तहका सरकार र समग्र निजी क्षेत्रकोवीचमा विश्वास कायम गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि एकाकार भई अगाडि बढ्ने वातावरण सृजना गर्ने विश्वास ब्यक्त गरे ।

त्यसैगरी नेपाल बिजनेश इन्स्टिच्युट ( एनबिआई ) का कार्यकारी अध्यक्ष एवं सम्मेलन आयोजक कमिटिका संयोजक विशाल गैरेले दुई ठूला अर्थतन्त्र भएका छिमेकी मुलुक चीन र भारतवीचको गतिशील साँघु बनाई आन्तरिक लगानीलाई प्रोत्साहन र बाह्य लगानीलाई आकर्षित गर्दै दिगो बैंकिङ विकासमार्फत औद्योगिकरण, कृषि, पर्यटन, जलविद्युत, वनपैदावार, प्रविधि, साना तथा मझौला उद्योगको स्तरोन्नति, स्वउद्यमशीलता तथा स्टार्टअप व्यवसायहरु, भेन्चर क्यापिटल, इक्यूवेशनलगायतका क्षेत्रमा व्यापक लगानी विस्तार गर्दै दिगो र फराकिलो आर्थिक विकासका लागि समिट प्रस्थान बिन्दु बन्ने उनको भनाई छ ।

समिटमा संघीय सरकारका उच्च राजनीतिक एवं प्रशासनिक अधिकारी, प्रदेशका मुख्यमन्त्री, स्थानीय निकायका प्रमुख, स्वदेशी तथा विदेशी विषयविज्ञ, अर्थविद्, बैंकिङविद्, दातृ निकायका प्रतिनिधि, निजी क्षेत्रका अग्रणी संस्थाको नेतृत्व, बैंक तथा वित्तीय संस्थाका अध्यक्ष÷संचालक तथा उच्च अधिकारी, उद्योगी एवं व्यवसायी, वैदेशिक रोजगारबाट फर्केको जनशक्ति तथा उच्च शिक्षाका विद्यार्थीहरुसहित करिब ५ सयभन्दा बढीको सहभागिता रहने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun