[gam_ad_position alias='home-after-main-menu']
[gam_ad_position alias='home-after-main-menu']
[gam_ad_position alias='single-above-news']
[gam_ad_position alias='single-above-news']

आफैंले फिर्ता गरेको विधेयक प्रदेशसभाले पुनः हुबहु पारित गरेपछि प्रदेश प्रमुखले गरे प्रमाणीकरण

अनलाइनसमय |
२९ पुष २०८१
आफैंले फिर्ता गरेको विधेयक प्रदेशसभाले पुनः हुबहु पारित गरेपछि प्रदेश प्रमुखले गरे प्रमाणीकरण

काठमाडौं, २९ पुस । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।

यसअघि भदौ २७ गते प्रदेश सभाबाट पारित विधेयक प्रदेश प्रमुखले असोज २२ गते लिखित सन्देशसहित फिर्ता गरेका थिए । प्रदेश प्रमुखले आफू संघीय सरकारको प्रतिनिधि भएकाले यसमा भएका कमजोरी सच्चाउन फिर्ता पठाएको बताएका थिए ।

उक्त विधेयक पुनः प्रदेश सभामा पेस भएपछि सभाबाट पुस १७ गते हुबहु पारित भएको थियो । प्रदेश प्रमुखले नेपालको संविधानको धारा १९९ बमोजिम पारित भई धारा २०१ को उपधारा ९१० बमोजिम प्रमाणित भई प्रमाणीकरणका लागि पेश हुन आएको विधेयक सोमबार प्रमाणीकरण गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता भविश्वर घिमिरेले जानकारी दिए ।

प्रदेश सभाले पुनः विधेयकलाई पारित गरेर अघि बढाएपछी प्रदेश प्रमुखले प्रमाणिकरण गरेका हुन् ।योसहित प्रमाणीकरणका लागि पठाइएको स्थानीय तहको सेवा सुविधाका विषयमा बनाइएको अर्को विधेयक आइतबार प्रदेश प्रमुखले प्रमाणीकरण गरेका छैनन् ।

प्रदेश प्रमुख घर्तीमगर नेपाली कांग्रेसको कोटामा नियुक्त भएका हुन् । उनले नेपालमा तीन वटा प्रदेश मात्र भए पुग्ने अभिव्यक्ति दिएका थिए ।

[gam_ad_position alias='single-after-news']
[gam_ad_position alias='single-after-news']

Leave a Reply

Your email address will not be published. Required fields are marked *

[gam_ad_position alias='single-after-comment']
[gam_ad_position alias='single-after-comment']

खोज्नुहोस