भोटेकोशी बाढी प्रभावितलाई कर्णाली सरकारले २ करोड सहयोग गर्ने

अनलाइनसमय |
१६ भदौ २०८३
भोटेकोशी बाढी प्रभावितलाई कर्णाली सरकारले २ करोड सहयोग गर्ने

काठमाडौं, १६ भदौ । कर्णाली प्रदेश सरकारले भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि २ करोड रूपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड रूपैयाँ जम्मा गर्ने निर्णय गरेको हो । उक्त रकम बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, पुनस्र्थापना र पुनर्निमार्माणका लागि रहेको बताइएको छ ।

त्यस्तै, बैठकले सामाजिक विकास मन्त्रालयद्वारा तयार गरिएको ‘शिक्षा क्षेत्र योजना २०८३–२०९२’ स्वीकृत गर्ने निर्णयसमेत गरेको छ ।

यसअघि पनि कर्णाली प्रदेश सरकारले रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा सहयोगका लागि सार्वजनिक अपिल गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस