कामको खोजीमा ८ महिनामा विदेशिए साढे ५ लाख युवा

अनलाइनसमय |
३ चैत २०८१
कामको खोजीमा ८ महिनामा विदेशिए साढे ५ लाख युवा

काठमाडौं, ४ चैत । चालू आर्थिक वर्ष (आव) २०८१/८२ को आठ महिनामा करिब साढे पाँच लाख नेपाली श्रमिक विदेशिएका छन् ।

वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार चालू आवको फागुनसम्ममा ५ लाख ३४ हजार ४७१ जनाले श्रम स्वीकृति लिएका छन्, जुन गत आवको फागुनसम्मको तुलनामा १५दशमलव ०३ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा ४ लाख ६४ हजार ६२४ जनाले श्रम स्वीकृति लिएका थिए ।

पछिल्लो समय वैदेशिक रोजगारीका लागि महिलाहरु विदेश जाने क्रम बढ्दो देखिन्छ । एक वर्ष अवधिमा वैदेशिक रोजगारीका लागि जाने महिलाको सङ्ख्या १६ दशमलव प्रतिशतले बढेको छ । गत वर्षको आठ महिनामा ५१ हजार ६७३ महिलाले श्रम स्वीकृति लिएकोमा चालू आवको यसै अवधिमा ६० हजार ३२४ महिलाले श्रम स्वीकृति विदेश गएका छन् ।

सो अवधिमा ४ लाख ७४ हजार १४७ पुरुष विभागबाट श्रम स्वीकृति लिएर कामका लागि विभिन्न देशमा पुगेका छन्, जुन गत आवको फागुनसम्मको तुलनामा १४ दशमलव ८१ प्रतिशतले बढी हो गत आवको सोही अवधिमा ४ लाख १२ हजार ९५१ पुरुषले श्रम स्वीकृति लिएका थिए ।

फागुनमा मात्रै ६८ हजार ९६३ जनाले श्रम स्वीकृति लिएर विदेश गएका छन्, जसमध्ये ६१ हजार ९६५ पुरुष र ७ हजार ३६८ जना महिला रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस