मुद्दति निक्षेपमा २० करोड लगानी गर्दै राष्ट्र बैंक

अनलाइनसमय |
२३ फागुन २०८१
मुद्दति निक्षेपमा २० करोड लगानी गर्दै राष्ट्र बैंक

काठमाडौं, २३ फागुन । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको २० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले आज एक सुचना जारी गर्दै क, ख र ग वर्गको बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको हो ।

राष्ट्र बैंकले शुक्रबार एक सूचना जारी गर्दै ३ सय ६६ दिनको मुद्दति निक्षेपमा त्रैमासिक रुपमा ब्याज भुक्तानी गर्ने गरी लगानी गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई आह्वान गरेको हो । उक्त रकम २०८१ चैत ३ गतेदेखि २०८२ चैत ३ गतेसम्मका लागि लगानी गर्न लागिएको सूचनामा उल्लेख छ ।

राष्ट्र बैंकले क वर्गको बाणिज्य बैंकहरुमा १६ करोड रुपैयाँ, ख वर्गको राष्ट्रिय स्तरका विकास बैंकहरुमा ३ करोड रुपैयाँ र ग वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा १ करोड रुपैयाँ लगानी गर्न लागिएको जनाएको छ ।

यसका लागि बैंक तथा वित्तीय संस्थाले आफूले लिन चाहेको रकम र उक्त रकमका लागि प्रस्तावित ब्याजदर समेत खुलाई चैत २६ गतेसम्म आवेदन राष्ट्र बैंकमा बुझाउन भनिएको छ ।

मुद्दती निक्षेपको ब्याज बैंक तथा वित्तीय संस्थाले त्रैमासिक रुपमा भुक्तानी गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकको निक्षेप लिनका लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा २ वर्ष पूरा गरेको हुनुपर्नेछ भने राष्ट्र बैंकले तोकेको न्यूनतम पूँजीकोष कायम हुनुपर्नेछ । त्यस्तै निक्षेप लिनका लागि निष्कृय कर्जा कुल कर्जा सापटीको ८ प्रतिशत, खुद निष्कृय कर्जा अनुपात ३ प्रतिशत ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस