जुवा खेलिरहेको अवस्थामा १७ जना पक्राउ

अनलाइनसमय |
२ पुष २०८१
जुवा खेलिरहेको अवस्थामा १७ जना पक्राउ

काठमाडौं, २ पुस । जुवा खेलिरहेको अवस्थामा १७ जनालाई प्रहरीले पक्राउ गरेको छ । कागेश्वरी मनोहरा नगरपालिका–४ डाँछी नयाँगाउँस्थित खाली जग्गामा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट रू. १ लाख ६५ हजार ४ सय रूपैयाँ र १९ दाना ओखर सहित पक्राउ गरेको जनाइको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस