जापान पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

अनलाइनसमय |
२७ मंसिर २०८१
जापान पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

काठमाडौं, २७ मंसिर । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी ठगी गर्ने एक जना पक्राउ परेका छन् ।

जापान पठाइदिन्छु भन्दै १० लाख ठगी गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा पर्सा ठोरी गाउँपालिका–४ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका–५ बस्ने ४५ वर्षीय बिष्णु लोप्चन रहेका छन् ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस