स्रोत नखुलेको रकमसहित एक जना पक्राउ

अनलाइनसमय |
२६ मंसिर २०८१
स्रोत नखुलेको रकमसहित एक जना पक्राउ

काठमाडौं, २६ मंसिर । स्रोत नखुलेको ४७ लाख ४९ हजार नगदसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मोरङको रंगेली नगरपालिका–८ दर्वेशा बस्ने ६५ वर्षीया ज्योतिदेवी अग्रवाललाई सो नगदसहित प्रहरीले पक्राउ गरेको हो ।

अवैध रकम राखेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त नगद फेला परेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस