सूर्यदर्शन सहकारी ठगी प्रकरणः थप एक जना पक्राउ

अनलाइनसमय |
२१ मंसिर २०८१
सूर्यदर्शन सहकारी ठगी प्रकरणः थप एक जना पक्राउ

काठमाडौं, २१ मंसिर । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा सूर्यदर्शन सहकारीको सञ्चालक समितिको सदस्य कृष्ण गुरुङ रहेका छन् ।

कतार जान लागेका गुरुङलाई काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो । गुरुङविरुद्ध पनि कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस