वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने तीन जना पक्राउ

अनलाइनसमय |
११ मंसिर २०८१
वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं, ११ मंसिर । वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई सोमबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनुषा मिथिला नगरपालिका–९ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–१० बस्ने ४१ वर्षीय रविन कोइराला, धादिङ सिद्धलेक गाउँपालिका–७ आदमटार घर भई काठमाडौं महानगरपालिका–१६ नयाँबजार बस्ने ३६ वर्षीय पदम बहादुर भुजेल र झापा बाह्रदर्शी गाउँपालिका–३ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका–३ कपन बस्ने ४१ वर्षीय कार्त्तिक लाल राजवंशी रहेका छन् ।

पक्राउ परेका मध्ये रविनले अष्ट्रेलिया पठाइदिन्छु भन्दै १ जनाबाट १ लाख रूपैयाँ, पदमले सर्बिया पठाइदिन्छु भन्दै १ जनाबाट ३ लाख रूपैयाँ र कार्त्तितकले अल्बानिया पठाइदिन्छु भन्दै १ जनाबाट ७ लाख ७० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको प्रहरीले जनाएको छ ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस