सर्वोच्चको बोर्डमा कालो रङ छ्याप्ने बिनु पक्राउ

अनलाइनसमय |
११ मंसिर २०८१
सर्वोच्चको बोर्डमा कालो रङ छ्याप्ने बिनु पक्राउ

काठमाडौं, ११ मंसिर । सर्वोच्च अदालतको बोर्डमा कालो रङ छ्यापेको आरोपमा बिनु यादव पक्राउ परेकी छन् ।

पठाओमामा एक्लै आएकी उनले मंगलबार सर्वोच्चको बोर्डमा कालो रङ छ्यापेको प्रहरीले जनाएको छ । बोर्डमा लागेको रंग प्रहरीले पछि पानीले सफा गरेको छ ।

यादवले आफू घरेलु हिंसा पीडित भएको बताउँदै आएकी छन् । यादवसँग विवाह गरेका रामेछापका एक युवकले सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गराएका थिए । अदालतले सम्बन्ध बिच्छेदको फैसला सुनाएपछि उनले अदालत परिसरमै विष सेवन समेत गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस