काठमाडौंमा पेस्तोलसहित एक जना पक्राउ

अनलाइनसमय |
११ कार्तिक २०८१
काठमाडौंमा पेस्तोलसहित एक जना पक्राउ

काठमाडौं, ११ कार्तिक । काठमाडौंमा एक जना पेस्तोलसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा दैलेख घर भई हाल काठमाडौं महानगरपालिका–१६, बस्दै आएका २५ वर्षीय अनिल खड्का छन् ।

पेस्तोल देखाएर डरत्रास फैलाउँदै हिँडेको सूचनाका आधारमा खड्कालाई शनिबार राति रानीवनबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

उनको साथबाट अटो पेस्तोल यूएसए ६५ एनओ १ लेखिएको पेस्तोल र खाली म्यागजिन बरामद गरिएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस