बलात्कार मुद्दामा फसाइदिने भन्दै ३० लाख मागेको आरोपमा भैंसेपाटीकी इन्स्पेक्टरमाथि छानबिन

अनलाइनसमय |
१० असोज २०८१
बलात्कार मुद्दामा फसाइदिने भन्दै ३० लाख मागेको आरोपमा भैंसेपाटीकी इन्स्पेक्टरमाथि छानबिन

काठमाडौं, १० असोज । बलात्कार सम्बन्धी मुद्दामा फसाइदिने भन्दै एक जना व्यक्तिसँग लेनदेन गरेको आरोप लागेपछि प्रहरी प्रभाग, भैंसेपाटीकी प्रमुख इन्स्पेक्टर बिनुकुमारी शाहीको जिम्मेवारी खोसिएको छ ।

उपत्यका प्रहरी कार्यालय, रानीपोखरीकी प्रमुख एआईजी किरण बज्राचार्यले थप छानबिनका लागि शाहीलाई तत्कालका लागि जिम्मेवारीबाट मुक्त गरिएको जानकारी दिइन् ।

उक्त घटनाको छानबिनका लागि जिल्ला प्रहरी परिसर, ललितपुरका डीएसपी नरहरि अधिकारीको संयोजकत्वमा ७ सदस्यीय समिति बनाइएको छ । समितिले दिने प्रतिवेदनका आधारमा उनलाई कस्तो किसिमको कारबाही हुने टुंगो लाग्ने बताइएको छ ।

ललितपुर प्रहरीका अनुसार, इन्स्पेक्टर शाहीले एक व्यवसायीलाई नियन्त्रणमा लिएर ३० लाख रुपैयाँ लेनदेन गरेको आरोप छ । उक्त रकम आफन्तको नाममा रहेको खातामा हाल्न लगाएको उनीमाथि आरोप छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस