एमाले सुनसरीका अध्यक्ष निलम खनालको मृत्यु

अनलाइनसमय |
२४ जेठ २०८१
एमाले सुनसरीका अध्यक्ष निलम खनालको मृत्यु

काठमाडौं, २४ जेठ । नेकपा एमाले सुनसरीका अध्यक्ष निलम खनालको मृत्यु भएको छ । लामो समयदेखि प्याक्रियाजको बिरामी रहेका उनको उपचार जारी थियो । थप उपचारका लागि भारतको हैदराबाद लैजाने क्रममा बाटोमै खनालको मृत्यु भएको हो ।

नेकपा एमाले सुनसरीका नेता रवि खनालका अनुसार उपचारका लागि जाने क्रममा मृत्यु भएका खनालको शव नेपाल ल्याउने तयारी भइरहेको छ । उनलाई मंगलबार भारत लगिएको थियो ।

खनाल नेकपा एमाले सुनसरी जिल्लाको आठौं जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस