काठमाडौं, ६ मंसिर । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा दुई हजार ८०० रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला दुई लाख ४२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन तोलामा दुई लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य तोलामा ४५ रुपैयाँ घटेको छ । चाँदीको मूल्य प्रतितोला तीन हजार ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।