[gam_ad_position alias='home-after-main-menu']
[gam_ad_position alias='home-after-main-menu']
[gam_ad_position alias='single-above-news']
[gam_ad_position alias='single-above-news']

साताको अन्तिम दिन ५.४५ अंकले घट्यो नेप्से

अनलाइनसमय |
१४ कार्तिक २०८३
साताको अन्तिम दिन ५.४५ अंकले घट्यो नेप्से

काठमाडौं, १३ असोज । कारोबारको अन्तिम दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक ५ दशमलव ४५ अंकले घटेर दुई हजार ६९० दशमलव १५ बिन्दुमा कायम भएको हो ।

आज २ करोड २८ लाख ६२ हजार ५५४ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ८९ करोड १५ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बिहीबार हुँदा ८ अर्ब ५७ करोड रुपैयाँको कारोबार भएको थियो ।

आज १०२ धितोपत्रको शेयर मूल्य बढ्दा १६९ को घटेको छ । यस्तै ८ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३४८ धितोपत्र कारोबारमा आएका छन् ।

शुक्रबार विकास बैंक १ दशमलव ६१, म्युचुअल फण्ड शून्य दशमलव २६, व्यापार शून्य दशमलव २५, अन्य शून्य दशमलव १४ र निर्जीवन बीमा समूहको उपसूचक शून्य दशमलव १ प्रतिशतले बढेको छ ।

यसदिन हाइड्रोपावर शून्य दशमलव ५७, फाइनान्स शून्य दशमलव ४७, बैंकिङ शून्य दशमलव ४४, उत्पादन तथा प्रशोधन शून्य दशमलव ३८, होटेल तथा पर्यटन शून्य दशमलव २३, लगानी शून्य दशमलव २२, जीवन बीमा शून्य दशमलव १६ र माइक्रोफाइनान्स समूहको उपसूचक शून्य दशमलव १२ प्रतिशतले घटेको छ ।

आज बेनी हाइड्रोपावार प्रोजेक्टको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै स्वाभिमान लघुवित्त १२ दशमलव ११, लुम्बिनी विकास बैंक ७, ग्रिन डेभलवमेन्ट बैंक ६ दशमलव ६४ र सप्तकोशी डेभलवमेन्ट बैंकको शेयर मूल्य ५ दशमलव ४४ प्रतिशतले बढेको छ ।

यसदिन सुपर खुदी हाइड्रोपावार ३ दशमलव ७८, याम्बलिङ हाइड्रोपावार ३ दशमलव ३८ र कालंगा हाइड्रोको शेयर मूल्य ३ दशमलव १७ प्रतिशतले ह्रास आएको छ ।

[gam_ad_position alias='single-after-news']
[gam_ad_position alias='single-after-news']

Leave a Reply

Your email address will not be published. Required fields are marked *

[gam_ad_position alias='single-after-comment']
[gam_ad_position alias='single-after-comment']

खोज्नुहोस