काठमाडौं, ११ कात्तिक । बुधबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ९०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला २ लाख ८२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदी तोलामा १० रुपैयाँले बढेको छ । मंगलबार प्रतितोला ३ हजार ९७० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ९८० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।