नेपालको लेखा व्यवसायको डिजिटल रूपान्तरणलाई तीव्रता दिन आईक्यान र टिगबीच सहकार्य

अनलाइनसमय |
२१ असोज २०८३
नेपालको लेखा व्यवसायको डिजिटल रूपान्तरणलाई तीव्रता दिन आईक्यान र टिगबीच सहकार्य

काठमाडौं, २१ असोज । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) र क्लाउडमा आधारित लेखा प्रणाली टिगको विकास तथा सञ्चालन गर्दै आएको BIC Technology Private Limited (Tigg) बीच नेपालको लेखा व्यवसायमा डिजिटल रूपान्तरण तथा प्रविधिको प्रयोगलाई प्रवद्र्धन गर्ने उद्देश्यले समझदारीपत्र मा हस्ताक्षर भएको छ ।

समझदारीअनुसार, आईक्यानमा दर्ता भई सदस्यता नवीकरण गरेका योग्य चार्टर्ड एकाउन्टेन्ट (सीए) तथा रजिस्टर्ड अडिटर (आरए) फर्महरूले आईक्यानको आधिकारिक अभिलेखका आधारमा आवश्यक प्रमाणीकरण पश्चात् टिगको आधारभुत संस्करण आजीवन निःशुल्क प्रयोग गर्न सक्नेछन् ।

त्यसैगरी, योग्य आईक्यान विद्यार्थीहरूले शैक्षिक तथा गैर–व्यावसायिक प्रयोजनका लागि टिगको शैक्षिक संस्करण निःशुल्क प्रयोग गर्न सक्नेछन् । यस सहकार्यअन्तर्गत लेखा व्यवसायी तथा विद्यार्थीहरूको डिजिटल क्षमता अभिवृद्धि, व्यावहारिक सिकाइ, प्रविधिको प्रयोग तथा नवप्रवर्तन प्रवद्र्धन गर्न संयुक्त कार्यक्रम तथा पहलहरू सञ्चालन गरिने आर्यक्यानले जनाएको छ ।

समझदारीअनुसार टिगले प्रयोगकर्ताका लागि प्रणालीमा आबद्ध हुन आवश्यक सहयोग, प्रशिक्षण सामग्री, उत्पादनसम्बन्धी मार्गदर्शन तथा ग्राहक सहायता उपलब्ध गराउनेछ भने आईक्यानले योग्य फर्म तथा विद्यार्थीको प्रमाणीकरणमा सहजीकरण गर्नुका साथै आफ्ना आधिकारिक सञ्चार माध्यममार्फत यस पहललाई प्रवद्र्धन गर्नेछ ।

यस सहकार्यले नेपालको लेखा व्यवसायलाई डिजिटल रूपमा सक्षम, प्रविधिमैत्री तथा भविष्यका लागि तयार व्यवसायका रूपमा विकास गर्न आईक्यान र टिगको साझा प्रतिबद्धतालाई थप सुदृढ गर्ने विश्वास लिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस