काठमाडौं, १६ असोज । हाल देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
अहिले देशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लागेको छ । तराई भू–भागका केही स्थानमा हुस्सु लागेको छ ।
विभागका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागको थोरै स्थानमा मध्यमसम्मको तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
त्यस्तै, आज राती कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्ने तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ । देशका तराई भू–भागमा आंशिक बादल रही बिहानपख हुस्सु लाग्नेछ । कोशी प्रदेशको हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा तथा बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।