बिहीबार ०.२६ अंकले बढ्यो नेप्से, करिब ५ अर्बको कारोबार

अनलाइनसमय |
१५ असोज २०८३
बिहीबार ०.२६ अंकले बढ्यो नेप्से, करिब ५ अर्बको कारोबार

काठमाडौं, १५ असोज । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज बढेको छ । आज परिसूचक शून्य दशमलव २६ अंकले बढेर २ हजार ५९९ दशमलव १५ बिन्दुमा बन्द भएको हो ।

आज बजारमा १ करोड २० लाख ६५ हजार ५५५ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८९ करोड १८ लाख ७६ हजार ३२५ रुपैयाँ बराबरको कुल कारोबार भएको छ ।

यसदिन १३९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १२८ वटा कम्पनीको मूल्य घटेको छ । यसैगरी १२ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । आज ३५३ वटा कम्पनी कारोबारमा आएका थिए ।

१३ उपसमूहमध्ये यस दिन चार उपसमूहको परिसूचक बढेको छ भने आठ उपसमूहको परिसूचक घटेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस