काठमाडौं, १५ असोज । मुनलाइट हाइड्रोपावर कम्पनीले सर्वसाधारणलाई जारी गर्न लागेको ९२ लाख ४१ हजार ४२६ थान साधारण शेयरका लागि प्रत्याभूतिकर्तामा ज्योति क्यापिटल नियुक्त भएको छ।
कम्पनीले प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँका दरले ९२ करोड ४१ लख ४२ हजार ६०० रुपैयाँको प्रत्याभूति ज्योति क्यापिटलले गर्ने भएको हो।
शेयर प्रत्याभूति सम्झौतामा ज्योति क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विकास ढकाल र मुनलाईट हाइड्रोपावर कम्पनी सञ्चालक समिति अध्यक्ष कल्याणविक्रम न्यौपानेले हस्ताक्षर गरे ।
ज्योति विकास बैंकको सहायक कम्पनीको रुपमा रहेको ज्योति क्यापिटलको चुक्ता पुँजी २१ करोड छ।