casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

शरद ऋतुमा १८ वटा हिमाल आरोहण गर्न ६३७ आरोहीले लिए अनुमति, २३.८५ करोड रोयल्टी सङ्कलन

अनलाइनसमय |
१३ असोज २०८३
शरद ऋतुमा १८ वटा हिमाल आरोहण गर्न ६३७ आरोहीले लिए अनुमति, २३.८५ करोड रोयल्टी सङ्कलन

काठमाडौं, १३ असोज । शरद ऋतुमा १८ हिमाल आरोहणका लागि ६३७ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार सन् २०२६ को शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६८ वटा टोलीका ६३७ जना आरोहीले अनुमति लिएका हुन्, जसमध्ये १६३ महिला र ४७४ जना पुरुष रहेका छन् ।

यस यामको पर्वतारोहण अनुमतिबाट सरकारले २३ करोड ८५ लाख १७ हजार ७९७ रोयल्टी सङ्कलन गरेको छ ।

आरोहण अनुमति प्रदान गरेका हिमालमध्ये सबैभन्दा धेरै मनास्लु (८,१६३ मिटर) रहेको छ । मनास्लु आरोहणका लागि मात्रै ४३ टोलीका ५०० जना आरोहीले अनुमति लिएका छन् । उनीहरूबाट विभागले २२ करोड ५८ लाख ५७ हजार १८९ रुपैयाँ रोयल्टी सङ्कलन गरेको छ ।

त्यस्तै, धौलागिरि– १ आरोहणका लागि चार टोलीका ३४ जना, पुथा हिउँचुलीका लागि दुई टोलीका २० जना, डाङ्गा हिउँचुलीका लागि दुई टोलीका १६ जना, बरुणत्से हिमालका लागि एक टोलीका १० जनाले आरोहण अनुमति लिएका छन् ।

साथै माकालु पहिलो, गङ्गापूर्ण वेस्ट, थोरङ पिक, नोर्बु खाङ, अन्नपूर्ण चौथो, चम्लाङ, लमजुङ हिमाल, पुमोरी, सारिबुङ, थापा पिक, पोखर खाङ, अर्दाङ र पेरी हिमालमा पनि विभिन्न टोलीले आरोहणको अनुमति पाएका छन् ।

विभागका अनुसार यस यामको पर्वतारोहणमा कुल ६८ देशका नागरिकहरू सहभागी छन्, जसमध्ये सबैभन्दा धेरै चीनबाट रहेका छन् । चीनबाट ११८ जनाले विभिन्न हिमाल आरोहण गर्न अनुमति लिएका छन् । त्यस्तै, रूसबाट ५७ जना, फ्रान्सबाट ५१ जना, अमेरिकाबाट ४१ जना जर्मनीबाट ३४ जना, जापानबाट २१ जना तथा पोल्याण्डबाट १९ जना आरोहीले अनुमति लिएका छन् ।

शरद ऋतु पर्वतारोहणका लागि नेपालबाटै २० जना (१८ पुरुष, २ महिला) ले अनुमति लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun