casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

६६.४३ प्रतिशतले घट्यो वैदेशिक लगानी प्रतिबद्धता

अनलाइनसमय |
२ असोज २०८३
६६.४३ प्रतिशतले घट्यो वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं, २ असोज । गत आर्थिक वर्ष (आव) २०८२/८३ को तुलनामा यो वर्षको दुई महिनामा प्रत्यक्ष्य वैदेशिक लगानी प्रतिबद्धता ह्वात्तै घटेको छ ।

उद्योग विभागको तथ्याङ्क अनुसार चालू आवको साउन र भदौमा नेपालमा स्वचालित प्रणाली (अटोमेटिक रूट), स्वीकृति र शेयर खरिदलगायतमा ३४० उद्योगका लागि ११ अर्ब ९४ करोड ७६ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ, जुन गत आवको सोही अवधिको तुलनामा ६६ दमलव ४३ प्रतिशतले कम हो । गत आवको दुई महिनामा यस्तो प्रतिबद्धता ३५ अर्ब ५९ करोड ५४ लाख रुपैयाँ आएको थियो ।

चालू आवको भदौसम्ममा अटोमेटिक रूटबाट सबैभन्दा बढी विदेशी लगानी प्रतिबद्धता आएको छ । सो अवधिमा अटोमेटिक रूटबाट ३२२ उद्योगका लागि ९ अर्ब ७४ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिबद्धता आएको छ । त्यस्तै अप्रुभल रूटबाट ६ उद्योगका लागि १ अर्ब ३७ करोड ९४ लाख र शेयर खरिदबाट १२ उद्योगमा ८२ करोड ३२ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको विभागको तथ्यांकमा उल्लेख छ ।

भदौसम्ममा ३२३ वटा साना उद्योग, २ वटा मझौला र ३ वटा ठूला उद्योगका लागि लगानी प्रतिबद्धता आएको छ । सो आवधिमा प्राप्त प्रतिबद्धता बमोजिम लगानी भित्रिएमा ३ हजार ४४७ जनाले रोजगारी पाउनेछन् ।

दुई महिनामा आएको लगानी प्रतिबद्धतामध्ये पर्यटन क्षेत्रका लागि सबैभन्दा धेरै छ । विभागका अनुसार पर्यटन क्षेत्रमा ३ अर्ब ७४ करोड २८ लाख रुपैयाँ लगानी प्राप्त भएको छ । यो क्षेत्रका ७० वटा उद्योगका लागि यस्तो प्रतिबद्धता आएको हो ।

त्यस्तै, सेवा क्षेत्रमा ३ अर्ब ३० करोड ५४ लाख रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको छ । यो प्रतिबद्धता भित्रिए सेवा क्षेत्रका २६ उद्योग स्थापना हुने छन् ।

उर्जामुलक क्षेत्रका एउटा उद्योगका लागि २ अर्ब, उत्पादनमुलक क्षेत्रका १८ उद्योगका लागि १ अर्ब २३ करोड र आईसीटी क्षेत्रका २१२ उद्योगका लागि ८१ करोड ६९ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

Check out — tower rush real money game for online gambling fun