नेपालमा कस्तो छ बीमा अभिकर्ताको पेशागत अवस्था ? (अन्तरवार्ता)
अनलाइनसमय |
५ भदौ २०८३
काठमाडौं, ५ भदौ । मानिसको जीवनमा विपत्ति, दुर्घटना र स्वास्थ्य जोखिम कतिबेला आइपर्छ, कसैलाई थाहा हुँदैन । यस्तै जोखिमबाट हुने आर्थिक क्षतिलाई न्यूनीकरण गर्ने र परिवारलाई सामाजिक सुरक्षा दिने बलियो आधार हो– बीमा । तर, यसबारे जानकारीको कमी, प्रक्रियाबारे अन्योल आदि कारणले बीमा कम्पनीहरूसम्म आम नागरिकको पहुँच सहजै पुग्न सक्दैन । यहीँनिर एउटा बलियो पुलको रूपमा उभिएका हुन्छन्– बीमा अभिकर्ताहरू ।
सामान्य परिवारका नागरिकलाई बुझाएर बीमामा जोड्नेदेखि, विपत्तिको समयमा घरआँगनमै पुगेर दाबी भुक्तानी दिलाउनेसम्मका काम अभिकर्ताले गर्छन् । अभिकर्ताहरू केवल बीमालेख विक्री गर्ने प्रतिनिधि मात्र होइनन्, समाजमा वित्तीय साक्षरता र सुरक्षा फैलाउने ‘सामाजिक अभियान्ता’ हुन् । समग्रमा अभिकर्ता बीमा क्षेत्रकै ‘मेरुदण्ड’ हुन् ।
देशभर हजारौंको संख्यामा रहेका अभिकर्ताहरूका लागि यो पेशा एकातिर आकर्षक आम्दानी र आत्मनिर्भरताको माध्यम बनेको छ भने, अर्कोतिर समाजमा व्याप्त अविश्वास, जनचेतनाको कमी र टार्गेटको दबाबजस्ता चुनौतीहरू पनि उत्तिकै छन् । आजको यस वित्तीय संवादमा हामी नेपालमा बीमा अभिकर्ताको वास्तविक भूमिका, अभिकर्ता बन्न कानूनी प्रक्रिया, आम्दानी र यस पेशाका चुनौती, अवसर र सम्भावनाका विविध आयामहरूबारे कुराकानी गर्नेछौं ।
यी विषयमा बिहीबार हिमालयन टेलिभिजनमा प्रसारण भएको कार्यक्रम वित्तीय शिक्षामा पेशागत बीमा अभिकर्ता संघ नेपालका अध्यक्ष ओम केसीसँग गरिएको कुराकानी :