हालसम्म देशभर ९६.०६ प्रतिशत धान रोपाइँ, सुदूरपश्चिममा शतप्रतिशत

अनलाइनसमय |
२४ साउन २०८३
हालसम्म देशभर ९६.०६ प्रतिशत धान रोपाइँ, सुदूरपश्चिममा शतप्रतिशत

काठमाडौं, २४ साउन । हालसम्म देशभर ९६ दशमलव ०६ प्रतिशत भूभागमा धान रोपाइँ सम्पन्न भएको छ ।

कृषि विभागको तथ्यांकअनुसार देशभर धान खेती हुने कूल १३ लाख ७० हजार ६२ हेक्टर क्षेत्रफलमध्ये हालसम्म १३ लाख १६ हजार ३९.६ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ । अघिल्लो वर्ष २०८२ साउन २५ गतेसम्म ९१.३१ प्रतिशत (११ लाख ५७ हजार ४२७.२० हेक्टर) मात्र रोपाइँ भएको थियो ।

यस वर्ष सुदूरपश्चिम प्रदेशमा शतप्रतिशत (१००%) रोपाइँ सम्पन्न भई १ लाख ४४ हजार ९५० हेक्टर क्षेत्रफलमै धान रोपिएको छ ।

बागमती प्रदेशमा ९७.८२ प्रतिशत (१ लाख १२ हजार ३३.४५ हेक्टर) र लुम्बिनी प्रदेशमा ९७.३७ प्रतिशत (२ लाख ९३ हजार ४४३.६९५ हेक्टर) रोपाइँ सकिएको छ ।

यस्तै कर्णाली प्रदेशमा ९६.८२ प्रतिशत (४१ हजार ९१२ हेक्टर), गण्डकी प्रदेशमा ९५.५७ प्रतिशत (८९ हजार ४५९.१ हेक्टर) र मधेश प्रदेशमा ९४.६५ प्रतिशत (३ लाख ६५ हजार २९१.१५ हेक्टर) भूभागमा रोपाइँ सकिएको छ । कोशी प्रदेशमा भने ९३.६९ प्रतिशत (२ लाख ५८ हजार ९५०.२ हेक्टर) रोपाइँ सम्पन्न भएको विभागले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस