काठमाडौं, १५ जेठ । सरकारले नेप्सेको पुनर्संरचना अघि बढाइ इन्ट्राडे, सर्टसेलिङ र डेरिभेटिभ उपकरणको सुरुवात गरिने घोषणा गरेको छ ।
शुक्रबार संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३र८४ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०को पुनर्संरचना अघि बढाइ इन्ट्राडे, सर्टसेलिङ र डेरिभेटिभ जस्ता उपकरणको चरणबद्ध सुरुवात गर्ने उनले बताए ।