डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट फिर्ताको घोषणा

अनलाइनसमय |
१५ जेठ २०८३
डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट फिर्ताको घोषणा

काठमाडौँ, १५ जेठ । सरकारले डिजिटल भुक्तानीको माध्यमबाट उपभोक्ताले गर्ने खरिदमा बिजक जारी हुँदाकै समयमा भ्याटको १० प्रतिशत छुट पाउने व्यवस्था कार्यान्वयन गर्ने भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त सदनमा शुक्रबार प्रस्तुत गरेको आगामी आव २०८३–८४ को बजेटमार्फत उक्त घोषणा गरेका हुन्। २०७६ सालमै सरकारले भ्याट फिर्ता हुने व्यवस्था गरे पनि हालसम्म लागू भने हुन सकेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस