काठमाडौं, १४ जेठ । चालू आर्थिक वर्ष (आव)को २०८२/८३ को दश महिनामा देशमा १५ हजारभन्दा बढी नयाँ कम्पनीहरू दर्ता भएका छन् ।
बुधबार सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार चालू आवको फागुनसम्ममा मात्रै कुल १५ हजार ३ सय ६३ वटा थप नयाँ कम्पनीहरू दर्ता भएका हुन् । यो वृद्धिसँगै नेपालमा दर्ता भएका कुल कम्पनीहरूको सङ्ख्या ३ लाख ६९ हजार ६ सय ४६ पुगेको छ ।
दर्ता भएका कम्पनीहरूमध्ये प्राइभेट लिमिटेड कम्पनीको हिस्सा सबैभन्दा बढी अर्थात् ९७.५ प्रतिशत रहेको छ भने अन्य प्रकृतिका कम्पनीहरूको हिस्सा २.५ प्रतिशत मात्रै सीमित छ ।
आर्थिक सर्वेक्षणको विवरण अनुसार चालू आवको दश महिनामा ४४ वटा पब्लिक लिमिटेड, १४ हजार ९ सय ६५ वटा प्राइभेट लिमिटेड, ३२१ वटा मुनाफा वितरण नगर्ने कम्पनी र ३३ वटा विदेशी कम्पनीको शाखा वा सम्पर्क कार्यालय दर्ता भएका छन् ।

विगत १० वर्षको उतारचढाव :
आर्थिक सर्वेक्षणले विगत १० वर्षको अवधिमा कम्पनी दर्ताको प्रवृत्तिमा उतारचढाव आएको उल्लेख गरेको छ । विगत एक दशकको अवधिमा सबैभन्दा बढी आव मा २९ हजार १७ वटा कम्पनी दर्ता भएका थिए । त्यसैगरी, यस अवधिमा सबैभन्दा कम आर्थिक वर्ष २०८१÷८२ मा १४ हजार १ सय ३० वटा मात्रै कम्पनी दर्ता भएको सर्वेक्षणको तथ्याङ्कले देखाएको छ ।