बैंकहरुको प्रतिफल इतिहासकै कम, संकटमा संस्थापक शेयरधनी ? (अन्तरवार्ता)

अनलाइनसमय |
९ जेठ २०८३
बैंकहरुको प्रतिफल इतिहासकै कम, संकटमा संस्थापक शेयरधनी ? (अन्तरवार्ता)

काठमाडौं, ९ जेठ । कुनै पनि मुलुकको अर्थतन्त्रलाई चलायमान राख्न बैंकिङ प्रणालीको महत्वपूर्ण भूमिका हुन्छ । बैंकहरुले निक्षेपकर्ताको बचतलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्दै देशको आर्थिक विकासमा योगदान पुर्‍याउँछन् । तर, पछिल्लो समय नेपालको बैंकिङ क्षेत्रमा ‘कर्जा असुली’ एउटा अत्यन्त पेचिलो र चुनौतीपूर्ण विषय बनेको छ । विशेषगरी ऋणीले कर्जा भुक्तानी नगर्दा बैंकले धितो लीलाम गर्ने प्रक्रियालाई लिएर पटक–पटक विवाद हुने गरेको छ ।

हालै स्मार्ट टेलिकमको धितो असुलीको सम्बन्धमा बैंकका प्रमुख कार्यकारी अधिकृत समेत पक्राउ पर्नु जस्ता घटनाले वित्तीय क्षेत्रमा ठूलो तरंग पैदा ग¥यो । यसले बैंकिङ क्षेत्र, नियामक निकाय, कानूनी व्यवस्था र राज्य संयन्त्रबीचको अधिकार क्षेत्रबारे गम्भीर बहस शुरू भएको छ । यसले केवल एउटा बैंक वा एउटा प्रकरण मात्र होइन, नेपालको सम्पूर्ण बैंकिङ प्रणाली, निक्षेपकर्ताको विश्वास र लगानी वातावरणमै कस्तो असर पार्न सक्छ भन्ने प्रश्न उठाएको छ ।

हिमालयन टेलिभिजनमा प्रसारण भएको कार्यक्रम वित्तीय शिक्षामा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक तथा बैंक तथा वित्तीय संस्था परिसंघ नेपालका उपाध्यक्ष रमण नेपालसँग गरिएको कुराकानी :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस