कक्षा १२ पछि के पढ्ने ? सीए पढाइ हुन सक्छ आकर्षक विकल्प (अन्तरवार्ता)
अनलाइनसमय |
१ जेठ २०८३
काठमाडौं, १ जेठ । वैशाख १४ गतेदेखि शुरू भएको कक्षा १२ को परीक्षा गत आइतवार सम्पन्न भयो । यो परीक्षासँगै विद्यार्थीहरू विद्यालय तहको पढाइ पुरा भएको छ । उत्तीर्ण विद्यार्थीको अब उच्च शिक्षाको खुट्किलो शुरू हुनेछ ।
धेरै विद्यार्थीले आफ्नो करीअर शुरू गर्ने शिक्षा यहीँबाट तय हुनेछ । किनकि कक्षा १२ पछि आफ्नो रुचि र लगावका साथै विश्व बजारमा उपलब्ध अवसरहरूलाई समेत ध्यानमा राख्दै पढाइको विषय छनोट गर्न सकिन्छ । तर कक्षा १२ पछि के पढ्ने ? भन्ने निर्णय लिन धेरै विद्यार्थीका लागि सहज नहुन सक्छ । पछिल्लो दशकमा वाणिज्य तथा व्यवस्थापन विषयमा विद्यार्थीको बढी रुचि देखिएको छ । नेपालमा व्यवस्थापन अन्तर्गत पढाइ हुने धेरै विषय पनि छन्, जसमध्ये एउटा चार्टर्ड एकाउन्टेन्ट अर्थात् सीएको पढाइ पनि हो ।
केही दशक अघिसम्म पनि सिए अध्ययनका लागि नेपालीहरू भारत लगायत मुलुक जान्थे । सोहीकारण अहिले बैंक तथा वित्तीय संस्था लगायतमा तिनै मुलुकबाट अध्ययन गरेकाहरू माथिल्लो ओहोदामा रहेर नेतृत्व गरिरहेका छन् । तर पछिल्लो समय भने यो विषयको अध्ययन नेपालमै हुन थालेको छ ।
मुलुकका वित्तीय क्षेत्र हाँक्ने, लेखा परीक्षण गर्ने, वित्तीय अनुशासनमा सघाउने यो पेशा र शिक्षाको अवस्था कस्तो छ ? सीएको पढाइ अन्य विषयको भन्दा के फरक हुन्छ ? सीए पढाइपछिका अवसर के हुन् ? विश्व बजारमा यसको माग र सेवासुविधाको अवस्था के छ ?
हिमालयन टेलिभिजनमा प्रसारण भएको कार्यक्रम वित्तीय शिक्षामा इलाइट सीएका अध्यक्ष प्रवीण राज काफ्लेसँग गरिएको कुराकानी :