काठमडौं, १४ चैत । नेपालमा बीमा सेवाको औपचारिक शुरुआत भएको करिब आठ दशक पुगेको छ । यस अवधिमा बीमा क्षेत्रले संस्थागत विकास, प्रडक्ट विविधीकरण र बजार विस्तारका हिसाबले उल्लेख्य प्रगति भए पनि अझै आधा जनसंख्यामा बीमासेवा पुग्न बाँकी नै छ । विशेषगरी ग्रामीण तथा निम्न आय भएका वर्गसम्म बीमाको पहुँच पु¥याउन, अन्तरराष्ट्रिय असल अभ्यास अवलम्बन, डिजिटलाइजेसन र नवप्रवर्तनको पाटोमा धेरै काम गर्नुपर्ने देखिन्छ ।
अर्कोतर्फ, बीमा सेवाको विश्वसनीयता र प्रभावकारिताको मुख्य आधार मानिने दाबी भुक्तानी प्रक्रियाप्रति आम नागरिकमा सन्तुष्टिको स्तर पनि कमजोर नै छ । विशेषगरी निर्जीवन बीमा क्षेत्रमा ठूला दाबी भुक्तानीको विषय सधैं पेचिलो बन्ने गर्छ । निर्जीवन बीमामा बाढी, पहिरो लगायत प्राकृतिक प्रकोपका कारण वर्षेनि अर्बौंको बीमा दाबी पर्दा कम्पनीहरूको जोखिम बहन क्षमतामा पनि दबाब परेको छ ।
यसैबीच, पश्चिम एशिया क्षेत्रमा जारी द्वन्द्वले अन्तरराष्ट्रिय व्यापार, कार्गो तथा समुद्री बीमामा जोखिम बढाएको छ । विश्वव्यापी आपूर्ति शृंखलामा देखिएको अस्थिरताले बीमा प्रिमियम, जोखिम मूल्यांकन तथा पुनर्बीमा व्यवस्थामा प्रभाव पार्न सक्ने देखिन्छ जसको अप्रत्यक्ष असर नेपालजस्तो आयात–निर्भर मुलुकमा पनि पर्न सक्ने सम्भावना छ । नेपालको बीमाक्षेत्रको पछिल्लो अवस्थालाई नियामक निकाय नेपाल बीमा प्राधिकरणले चाहिँ कसरी हेरिरहेको छ त ? नेपाली बीमा बजारका चुनौती र अवसर के हुन् ? सम्भाव्य जोखिम व्यवस्थापन र चुनौतीहरूलाई चिर्दै बीमा क्षेत्रलाई कसरी थप विश्वसनीय र पारदर्शी बनाउँदै दिगो रूपमा अघि बढाउन सकिन्छ ?
यस विषयमा बिहीबार हिमालयन टेलिभिजनमा प्रसारण भएको कार्यक्रम वित्तीय शिक्षामा नेपाल बीमा प्राधिकरणका निर्देशक तथा प्रवक्ता पुजन ढुंगेल अधिकारीसँग गरिएको कुराकानी यस्तो छ :