बीमा क्षेत्रमा सम्पत्ति शुद्धीकरण निवारण, सुदृढ नियमन तथा सुपरिवेक्षणमा बीमा प्राधिकरण (अन्तरवार्ता)
अनलाइनसमय |
१७ फागुन २०८२
काठमाडौं, १७ फागुन । नेपालको वित्तीय प्रणाली अहिले संवेदनशील अवस्थामा छ । फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपालाई दोस्रोपटक ‘खैरो सूची’मा राखेपछि सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणका विषय सबै नियामक निकायका उच्च प्राथमिकतामा परेका छन् ।
बैंकिङ जस्तै बीमा क्षेत्र पनि वित्तीय प्रणालीको अभिन्न अंग भएकाले यस क्षेत्रमा सम्पत्ति शुद्धीकरण निवारणका लागि नेपाल बीमा प्राधिकरणले नियामकीय कडाइ तीव्र बनाएको छ । यसका लागि प्राधिकरणले बीमा सम्बद्ध सरोकारकावालाई विभिन्न नीति, निर्देशिका जारी गर्नुका साथै ऐन, नियमको परिपालनामा समेत जिम्मेवार बनाएको छ । नेपालमा अधिकांश बीमा कारोबार अभिकर्तामार्फत हुने भएकाले स्रोत बिन्दुमै पारदर्शिता सुनिश्चित गर्नु अहिलेको प्रमुख चुनौती हो ।
यता, जीवन बीमा सेवा शुरू भएको ५० वर्षपछि बीमाको पहुँच ५० प्रतिशत जनसंख्यामा पुग्नु उत्साहजनक देखिएको छ । तर अझै पनि ग्रामीण, विपन्न तथा अनौपचारिक क्षेत्रसम्म बीमा सेवा विस्तार कत्तिको प्रभावकारी भयो भन्ने प्रश्न यथावत् छ । लघुबीमकलाई अनुमति, म्यादी जीवन बीमाको बढ्दो आकर्षण, बीमा साक्षरता अभिवृद्धि र विद्यालय तहदेखि नै बीमा शिक्षालाई संस्थागत गर्ने पहलजस्ता विषय अहिले बहसका केन्द्रमा छन् । आजको वित्तीय संवादमा बीमाका यिनै नीतिगत, नियामकीय र संरचनागत अवस्था, चुनौती र सुधारबारे छलफल गर्नेछौं ।
यस विषयमा बिहीबार हिमालयन टेलिभिजनमा प्रसारण भएको कार्यक्रम वित्तीय शिक्षामा नेपाल बीमा प्राधिकरण, सम्पत्ति शुद्धीकरण निवारण शाखा प्रमुख पदमप्रसाद सोडारीसँग गरिएको कुराकानी यस्तो छ :