काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशी नदीमा खस्यो

अनलाइनसमय |
२७ माघ २०८२
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशी नदीमा खस्यो

 

काठमाडौं, २७ माघ । काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली जाँदै गरेको बस तामाकोशी नदीमा खसेको छ ।
रामेछापका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाका अनुसार रामेछापको मचानेटार भन्ने ठाउँबाट प्रदेश ३ ०१–००५ख९९७५ नम्बरको बस तामाकोशी नदीमा खसेको हो । बसबाट ४ जनाको शव निकालिएको छ ।

बसमा सवार ६ यात्रु भने घाइते अवस्थामा फेला परेकाले उद्धार गरेर उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।
उद्धार जारी नै रहेकाले मृत्यु र घाइतेको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस