काठमाडौं, १६ माघ । भोजपुरको हतुवागढी गाउँपालिका–९ मचुवाबाट ५०० किलो गाँजासहित ९ जना पक्राउ परेका छन् । आमचोक गाउँपालिका–९ का २९ वर्षीय रूद्रबहादुर श्रेष्ठसहित ९ जनालाई बिहीबार बिहान पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी हसनपुरबाट खटिएको प्रहरीले ना.७ त ३५० नम्बरको ट्याक्टरलाई जाँच गर्दा ४३ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी ट्याक्टरमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।