धितोपत्र बजारमा किन आएनन् लगानीका नयाँ उपकरण ? (अन्तरवार्ता)
अनलाइनसमय |
१२ पुष २०८२
काठमाडौं, ११ पुस । कुनै पनि मुलुकको वित्तीय प्रणालीमा पूँजी बजारको महत्वपूर्ण स्थान हुन्छ । त्यसैले पूँजी बजारलाई अर्थतन्त्रको ऐना र अर्थ व्यवस्थाको परिसूचक मानिन्छ । दीर्घकालीन लगानी जुटाउन पूँजीबजार दिगो वित्तीय उपकरण हो । नेपालको अर्थतन्त्रमा पनि पूँजी बजारको महत्व र योगदान बढ्दै गएको छ । पूँजीबजारमा धितोपत्र बजारको हिस्सा ठूलो हुन्छ । सानो पूँजीबाटै प्रवेश गर्न सकिने हुँदा नेपालको धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता बढ्दै गएको छ । हाल धितोपत्र बजारमा ७२ लाख ४० हजारभन्दा बढी डिम्याट खाता खुल्नुले पनि बजारमा सहभागीको आकर्षण देखाउँछ । तर प्रतिफलको अवसर देखेर लगानी गरिए पनि धितोपत्र बजार जोखिम रहित छैन । त्यसमा पनि आधारभूत विषयवस्तुबारे नबुझी, नजानी लगानी गर्दा गुमाउने जोखिम धेरै हुन्छ ।
लगानीकर्तालाई बजारका जोखिम र विशेषगरी आधुनिक प्रविधिसँग भित्रिएका नयाँ नयाँ जोखिमबारे जानकारी गराउँदै सचेत गराउन हालै विश्व लगानी सप्ताह मनाइएको छ । नेपाल जस्तो मुलुकमा लगानीकर्ता साक्षरताको अवस्था कस्तो छ ? लगानीकर्ता शिक्षाका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)ले के गर्दै आएको छ ? बजारको दिगो र व्यवस्थित विकासका लागि बोर्ड नीति र कार्यक्रम के छन् ? यस विषयमा बिहीबार हिमालयन टेलिभिजनमा प्रसारण भएको कार्यक्रम वित्तीय शिक्षामा नेपाल धितोपत्र बोर्ड (सेबोन)का कार्यकारी निर्देशक डा. नवराज अधिकारीसँग गरिएको कुराकानी यस्तो छ ।