जेनजी आन्दोलनपछिको बीमा उद्योग : दाबी भुक्तानीमा कम्पनी सक्षम, निर्जीवन बीमा बढ्दै (अन्तरवार्ता)

अनलाइनसमय |
२६ मंसिर २०८२
जेनजी आन्दोलनपछिको बीमा उद्योग : दाबी भुक्तानीमा कम्पनी सक्षम, निर्जीवन बीमा बढ्दै (अन्तरवार्ता)

काठमाडौं, २६ मंसिर । जोखिम व्यवस्थापनमा बीमा एक महत्वपूर्ण माध्यम हो । नेपालमा विगतका अनुभव हेर्दा व्यक्ति, संस्था र देशले नै विभिन्न किसिमका क्षति बेहोर्दै आएको पाइन्छ । बीमामा जोखिम व्यवस्थापन भनेको त्यस्ता अनिश्चितताबाट हुने क्षतिको आर्थिक असर न्यूनीकरण गर्ने प्रक्रिया हो । जोखिम जीवन र निर्जीवन दुवैतर्फ हुन्छ ।

नेपालको बीमा क्षेत्रमा भने जोखिम झन् झन् बढ्दै गएको पाइन्छ । किनकि मुलुकले वर्षमै दुई–तीन ओटासम्म ठूला जोखिम खेप्नुपरेको छ । नेपाल जलवायु परिवर्तनबाट सबैभन्दा प्रभावित मुलुक भएकाले पनि बीमा जोखिम बढाएको छ । त्यसमाथि गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा भएको क्षतिले सम्पत्ति बीमाको आवश्यकतालाई झनै बढाएको छ । उक्त घटनापछि मोटर तथा सम्पत्ति बीमा गर्ने क्रम समेत बढेको कम्पनीहरूको तथ्यांकले देखाएको छ । बीमा विश्वासको व्यवसाय पनि हो । भइपरि आउँदा क्षतिको दाबी भुक्तानी पाइन्छ भनेरै बीमा गरिन्छ । तर जेनजी आन्दोलनका क्रममा भएको क्षतिको दाबी भुक्तानीमा भने ढिलाइ भएको गुनासो आउन थालेको छ । बीमामा दाबी भुक्तानीमा ढिलाइ के कारणले हुन्छ ? जेनजी आन्दालेनपछिको नेपालको समग्र बीमा क्षेत्रको अवस्थालाई प्राधिकरणले कसरी हरेको छ ? बीमालाई दिगो, व्यवस्थित र पारदर्शी रूपमा अघि बढाउन नियामक निकाय नेपाल बीमा प्राधिकरणको नीतिनिर्देशन कस्तो छ त ? यस विषयमा बिहीबार (हिजो) हिमालयन टेलिभिजनमा प्रसारण भएको कार्यक्रम वित्तीय शिक्षामा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीसँग गरिएको कुराकानी यस्तो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस