casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

निगमको उत्साहजनक रिपोर्ट, एमडी भट्ट भन्छन् : नेपालले ऊर्जा क्रान्तितर्फ पाइला टेक्यो (अन्तवारर्ता)

अनलाइनसमय |
१२ मंसिर २०८२
निगमको उत्साहजनक रिपोर्ट, एमडी भट्ट भन्छन् : नेपालले ऊर्जा क्रान्तितर्फ पाइला टेक्यो (अन्तवारर्ता)

काठमाडौं, १२ मंसिर । दैलेखमा फेला परेको प्राकृतिक ग्यासले देशको ऊर्जा आत्मनिर्भरता र आर्थिक विकासको नयाँ ढोका खोल्ने सम्भावना देखाएको छ ।

नेपाल आयल निगमका एमडी डा. चण्डीकाप्रसाद भट्टका अनुसार, प्रारम्भिक ‘वेल’ परीक्षण उत्साहजनक भएको र आगामी ग्यास बियरिङ टेस्टले गुणस्तर, परिमाण र व्यावसायिक सम्भावनालाई पुष्टि गर्नेछ । नेपालमा पहिलोपटक आफ्नै भूमिबाट ग्यास उत्पादन गर्ने यो परियोजना विद्युत, मल उद्योग, खाना पकाउने इन्धन र यातायातमा उपयोगका लागि महत्वपूर्ण साबित हुनसक्नेछ । निगमले परियोजना वैज्ञानिक ढंगले, अन्तर्राष्ट्रिय मापदण्ड अनुसार र दीर्घकालीन ऊर्जा सुरक्षालाई ध्यानमा राख्दै अगाडि बढाइरहेको छ । यस चरणले नेपालमा ऊर्जा क्रान्तितर्फको वास्तविक सुरुवातको संकेत दिएको एमडी भट्ट बताउँछन् । खबरभोईस डटकमले डा. भट्टसँग गरेको अन्तर्वार्ताको सम्पादित अंश :

प्राकृतिक ग्यासको खोज–अनुसन्धान अहिले कुन अवस्थामा छ ?
नेपालमा प्राकृतिक स्रोतको पहिचान र दिगो ऊर्जा सुरक्षातर्फको यात्रालाई थप गति दिने उद्देश्यले सञ्चालन गरिएको प्राकृतिक ग्यास खोज–अनुसन्धान अहिले प्रारम्भिक तर उत्साहजनक चरणमा अगाडि बढिरहेको छ । प्रारम्भिक ‘वेल’ परीक्षणका क्रममा ग्यासको उपस्थितिको संकेत पाइएको छ, जुन ऊर्जा क्षेत्रमा सम्भावनाको नयाँ ढोका खोल्ने संकेतका रूपमा हेरिएको छ ।

यद्यपि, यस्ता प्रारम्भिक नतिजाले मात्रै व्यावसायिक उत्पादनको निर्णय लिन पर्याप्त हुँदैन। त्यसैले अहिले विस्तृत भौगर्भिक परीक्षण, गुणस्तर मूल्यांकन, परिमाण निर्धारण र उत्पादन सम्भाव्यता अध्ययनलाई प्राथमिकताका साथ अघि बढाइएको छ । यी वैज्ञानिक तथा प्राविधिक परीक्षण पूरा भएपछि मात्र ग्यास निकाल्ने, भण्डारण गर्ने र व्यावसायिक रूपमा उपयोग गर्ने बारे ठोस निर्णयमा पुग्न सकिनेछ ।

नेपाल आयल निगमले यो परियोजनालाई राष्ट्रिय ऊर्जा आत्मनिर्भरता हासिल गर्ने दीर्घकालीन योजनाको महत्त्वपूर्ण आधारका रूपमा लिएर सावधानीपूर्वक, वैज्ञानिक ढंगले र अन्तर्राष्ट्रिय मापदण्डअनुसार अगाडि बढाइरहेको छ ।

अन्वेषण र उत्पादन सम्बन्धमा आगामी कदम कस्तो हुनु पर्छ ?
सबैभन्दा महत्वपूर्ण र अनिवार्य कदम भनेको हालै ड्रिलिङ्ग गरिएको वेलमा ग्यास बियरिङ टेस्ट गर्नु हो । यो परीक्षणले केवल ग्यास छ कि छैन भन्ने मात्र होइन, कत्तिको गुणस्तरको ग्यास भएको, कति परिमाणमा निकाल्न सकिने, र यो उत्पादन व्यावसायिक रूपमा कत्तिको सम्भावित छ भन्ने सबै आधारभूत तथ्य प्रमाणित गर्छ ।

यो परीक्षण किन यति निर्णायक मानिन्छ ?
यही परीक्षणबाटै आगामी निर्णय प्रक्रिया पूर्णरुपमा तय हुन्छ । यदि गुणस्तर र परिमाण अनुकूल देखिएको खण्डमा, नेपालले पहिलोपटक आफ्नै भूमिबाट ग्यास उत्पादन गर्ने मार्ग स्पष्ट हुन्छ । र हामि यो चरणलाई ऊर्जा आत्मनिर्भरतातर्फको वास्तविक सुरुवात मान्न सक्छौ ।

दैलेखमा कति ग्यास फेला परेको छ भन्ने मूल्यांकन कस्तो छ ?
अन्वेषणमा संलग्न चिनियाँ कम्पनीले दिएको प्रारम्भिक प्रतिवेदन अनुसार, दैलेख क्षेत्रमा करिब ११२ अर्ब घनमिटर प्राकृतिक ग्यासको सम्भावना देखिएको छ । नेपाल जस्तो ऊर्जा आयात–निर्भर देशका लागि यो तथ्य आफैँमा निकै आशाजनक र आर्थिक रूपमा प्रभावकारी मानिन्छ । मिथेनको प्रतिशत कति छ भन्ने विषयमा अहिले अनुमान मात्र गर्न सकिन्छ । चिनियाँ कम्पनीले अन्तिम प्रतिवेदन पेस गरेपछि मात्र ग्यासको वास्तविक गुणस्तरबारे ठोस निष्कर्ष निकाल्न सकिन्छ । ग्यासको उत्पादन–सम्भावना बारे निश्चित कुरा परीक्षण उत्पादन (टेस्ट प्रोडक्सन) पछि मात्र थाहा हुन्छ । त्यो चरण पूरा भएपछि मात्र कति ग्यास व्यावहारिक रूपमा निकाल्न सकिन्छ भन्ने स्पष्ट हुनेछ ।

नेपालमा प्राकृतिक ग्यास प्रयोगको के के सम्भावित क्षेत्रहरु छन् ?
विद्युत उत्पादनका लागि प्रयोग गर्न सकिन्छ, जसले देशको ऊर्जा आत्मनिर्भरता बढाउँछ । त्यसैगरी मल (युरिया) उद्योगमा कच्चा पदार्थको रूपमा उपयोग गर्न सकिन्छ, जसले कृषिमा योगदान पु¥याउँछ । खाना पकाउने इन्धनको रूपमा घरायसी र उद्योगमा प्रयोग सम्भव छ । यातायात क्षेत्रमा स्वच्छ इन्धनको विकल्पका रूपमा प्रयोग गर्न सकिन्छ। यी यस्ता क्षेत्रहरूमा प्राकृतिक ग्यासको उपयोगले देशको ऊर्जा सुरक्षा, आर्थिक विकास र वातावरणीय सुधारमा महत्वपूर्ण योगदान पु¥याउन सक्छ ।

यो परियोजना आर्थिक र प्राविधिक रुपमा कति सम्भाव्य छ ?
अहिलेसम्म यस परियोजनामा केवल प्रारम्भिक अध्ययन गरिएको छ । त्यसैले अहिले नै आर्थिक र प्राविधिक सम्भाव्यता पूर्ण रूपमा मूल्याङ्कन गर्न सम्भव छैन । अझै विस्तृत आर्थिक–प्राविधिक अध्ययन, ईञ्जिनियरिङ्ग सर्भे र डिजाईन, साथै वातावरणीय मूल्याङ्कन आवश्यक छ । यी चरणहरू पूरा भएपछि मात्र परियोजनाको वास्तविक सम्भाव्यता र दीर्घकालीन प्रभाव स्पष्ट हुने छ ।

पूर्वाधार विकासमा के के काम गर्नुपर्ने छ ?
परियोजनालाई सफल बनाउनका लागि पूर्वाधार विकास अत्यन्त महत्वपूर्ण छ । यस अन्तर्गत प्रशोधन स्थलदेखि सुर्खेत वरिपरि पाइपलाइन मार्गको विस्तृत ईञ्जिनियरिङ्ग सर्वेक्षण गर्नु आवश्यक छ। पहुँच सडक, स्थिर विद्युत आपूर्ति र पानी स्रोतको निर्माण तथा सुधार गर्नुपर्छ, जसले उत्पादन र उपभोक्ताबीचको सम्पर्क सहज बनाउनेछ।अन्य मुलुक, जस्तै भारतको पाइपलाइन परियोजनाको अनुभव अनुसार, यस्तो पूर्वाधार निर्माणमा प्रति किलोमिटर करिब ८–१२ करोड रुपैयाँको लगानी लाग्न सक्ने प्रारम्भिक अध्ययनले देखाएको छ । यसरी पूर्वाधार विकासले मात्र परियोजनालाई व्यावसायिक र दिगो बनाउने आधार तयार हुन्छ ।

ग्यासको प्रयोगका लागि कुन कुन क्षेत्रमा जोड दिनुपर्छ ?
प्राकृतिक ग्यासबाट युरिया उत्पादन गर्न आर्थिक र प्राविधिक हिसाबले उपयुक्त हुने र देशमा हालसम्म कुनै रसायनिक मल उत्पादन नभएको हुनाले रसायनिक मल उद्योग निर्माणतर्फ ध्यान दिनुपर्छ । यसको साथै यातायात क्षेत्रको लागि सिएनजी र खाना पकाउनको लागि पिएनजीको उपयोगका सम्बन्धमा सम्भाव्यता अध्ययन गरी इम्प्लिमेन्टेशनमा जोड दिनुपर्ने देखिन्छ ।
यसको साथै, हाल कर्णाली क्षेत्रमा बिद्युत क्षेत्रमा ठुलो क्षमताका आयोजनाहरु फन्क्शनल नरहेका हुनाले यस क्षेत्रमा प्राकृतिक ग्यासमा आधारित बिद्युत आयोजना स्थापना गर्न सकेमा त्यस क्षेत्रको हालको बिद्युत क्षेत्रका समस्याहरु हाल गर्न सहयोग मिल्नेछ । बिद्युत परियोजना संचालनको विकल्पमा दैलेख आसपासको क्षेत्रको लागि ग्यास टर्बाईनमा आधारित ५०–१०० मे.वा. क्षमताको विद्युतिय आयोजना त् मुख्य लोड सेन्टरको लागि ग्यास तर्बाईनमा आधारित १०० देखि ३०० मे.वा. क्षमताको विद्युतिय आयोजनाको संचालन उपयुक्त देखिएको छ । अध्ययनमा करिब ५९ प्रतिशत क्यापासिटी फ्याक्टरको ग्यास टर्बाईनमा आधारित २०० मे.वा. क्षमताको विद्युतिय आयोजनाको संचालनको लागि वार्षिक करिव १९२ मिलियन घन मिटर ग्यास आवश्यक पर्ने देखिन्छ । जुन दैलेखमा फेला परेको ग्यासबाट संचालन गर्न सकिन्छ ।

ग्यासमा आधारित मल कारखानाको लागि के कस्तो पुर्वाधात आवश्यक पर्ने देखिन्छ ?
नेपालमा कृषि क्षेत्रको लागि हाललाई करिब ७ लाख मेट्रिक टन युरिया मलको माग रहेको यस अघिका अध्ययनले देखाएको छ । उक्त माग पुरा गर्नका लागि प्रतिदिन करिव २२०० मेट्रिक टन उत्पादन क्षमताको मल कारखाना संचालन गर्नुपर्ने देखिन्छ । साथै, करिव करिव प्रतिदिन ३५०० मेट्रिक टन क्षमताको उत्पादन गर्न सकेमा आर्थिक हिसाबले अझ छिटो प्रतिफल प्राप्त गर्न सकिने देखिन्छ । अध्यन अनुसार प्रतिदिन करिब २२०० मेट्रिक टन उत्पादन क्षमता रहने उद्योग संचालनको लागि वार्षिक ४१० देखि ४५२ मिलियन घन मिटर ग्यास र दैनिक १०६९ देखि ११२२ मेट्रिक टन नाइट्रोजन ग्यास आवश्यक पर्ने देखिन्छ । यसको लागि २५ देखि ३० मेगावाट बिजुली आवश्यक पर्ने देखिन्छ । उक्त उद्योगको लागि आवश्यक पर्ने बिजुली उपलब्ध गर्नको लागि सोहि क्षेत्रमै ग्यासमै आधारित पवार प्लान्टको निर्माण आवश्यक देखिन्छ ।
यसको साथै, करिव १५० देखि २०० बिघा क्षेत्रफलको जमिन आवश्यक देखिन्छ । यो उद्योगलाई धेरै मात्रामा पानी आवश्यक पर्ने भएको हुदा नदी नजिकैको स्थानमा उद्योग स्थापना गर्न उपयुक्त देखिन्छ ।

परियोजनाको संचालन कसरी गर्न सकिन्छ ?
परियोजनाको संचालनको सम्बन्धमा उपयुक्त मोडेल छनौट गर्नुपर्छ। संचालनका विकल्पहरु मध्ये पहिलो विकल्पमा नेपाल आयल निगम लिमिटेडको १०० प्रतिशत लगानीमा संचालित हुने स्पेसल पर्पस भेइकल (एसपीभी) र दोश्रो विकल्पमा अधिकांश शेयर आयल निगमको रहने गरी अन्य सरकारी निकाय÷संस्थाहरुको समेत लगानी रहने गरी एसपीभी मोडेलमा संचालन गर्न सकिने छ । यस्ता ग्यास फिल्धरु रणनीतिक श्रोत भएको हुनाले यस्तो विकल्पमा अघि बढेमा निर्णय गरेमा उक्त श्रोतमा नेपाल सरकारको पुर्ण नियन्त्रण रही रहनेछ । अन्य विकल्पमा आयल निगमले अन्य अन्तर्राष्ट्रिय कम्पनिहरुसग जोइन्ट भेन्चर (जेभी) गरी परियोजना संचालन गर्न सक्नेछ ।

यसको उत्पादन, प्रशोधन, भण्डारण, वितरण र उपयोगका सम्बन्धमा नेपाल आयल निगमको भूमिका के कस्तो हुन सक्छ ?
नेपालमा पेट्रोलियम पदार्थको आपूर्ति, ढुवानी, भण्डारण र वितरणको क्षेत्रमा ५५ वर्ष बढीको व्यवसायीक र प्राविधिक अनुभव रहेको छ । डिजेल, पेट्रोल, मट्टीतेल, एलपीजी ग्यास र हवाई इन्धनको बिक्रि वितरणको लामो समयको अनुभव र सम्बन्धित इन्धन डिपो र पाइपलाइन पूर्वाधारहरुको संचालनको अनुभव, प्राविधिक जनशक्तिहरुको उपलव्धता, देशभरी फैलिएको वितरण संजाल एव अन्तर्राष्ट्रिय स्तरको सम्बन्ध समेत रहेकोले प्राकृतिक ग्यासको उत्पादन र बिक्रि वितरण पनि हालको व्यवसायसंग मिल्दो जुल्दो हुने हुनाले प्राविधिक र व्यवसायिक दृष्टिकोणले नेपाल आयल निगम नै उपयुक्त हुने भएकोले यसैको मुख्य भूमिका हुन् सक्छ ।

यसको लागि के कस्तो जनशक्ति आवश्यक पर्ने देखिन्छ ?
उत्पादन, प्रशोधन, भण्डारण र बिक्रि वितरण तथा औधोगिक प्रयोगको लागि मुख्यतः केमिकल, मेकानिकल, औधोगिक, इलेक्ट्रिकल, प्रोसेस इन्जिनियर, भुगर्वविद लगायतका प्राविधिक जनशक्तिहरुको मुख्य आवश्यकता पर्दछ ।

यो योजना कार्यान्वयनको लागि के कस्ता मुख्य चुनौतुहरु रहेका छन् ?
पाइपलाइन पूर्वाधार र मल कारखानाको निर्माण तथा संचालनको लागि ठुलो मात्रामा आर्थिक लगानी पर्ने हुनाले लगानी नै मुख्य चुनौती रहेको छ । पाइपलाइन निर्माणका लागि भौगोलिक जटिलता पनि अर्को चुनौती रहेको छ। यसको साथै, नेपालमा उत्खनन, उत्पादन तथा अन्य सम्बन्धित प्रयोग क्षेत्रमा अनुभवी प्राविधिक दक्ष जनशक्तिको अभाव अर्को चुनौती रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun