• अर्थ, ताजा समाचार

    १६औं योजनाको लक्ष: प्रतिव्यक्ति आय २ हजार ३५१ अमेरिकी डलर, आर्थिक वृद्धिदर ७.३ प्रतिशत

     93 Views
    १६औं योजनाको लक्ष: प्रतिव्यक्ति आय २ हजार ३५१ अमेरिकी डलर, आर्थिक वृद्धिदर ७.३ प्रतिशत

    काठमाडौं, २ जेठ । राष्ट्रिय योजना आयोगले १६औं आवधिक योजना सार्वजनिक गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्कोे बैठकले स्वीकृत गरेको योजना बुधबार राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको हो ।

    आर्थिक वर्ष २०८५÷८६ सम्म प्रतिव्यक्ति आय वार्षिक २ हजार ३ सय ५१ अमेरिकी डलर पुर्‍याउने गरी आयोगले १६औं आवधिक योजना सार्वजनिक गरेको हो । उक्त योजनानुसार आर्थिक वर्ष २०८५÷८६ मा नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) १ सय खर्ब रुपैयाँभन्दा माथि पुर्‍याउने लक्ष्य पनि आयोगले लिएको छ ।

    यसैगरी उक्त योजनाले २०८५÷८६ मा नेपालको आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ भने गरिबीको रेखामुनि रहेको जनसंख्या १२ प्रतिशतमा झार्ने लक्ष्य छ । मुद्रास्फीति ५ प्रतिशतभित्र कायम राख्ने, औसत आयु ७३ वर्ष र साक्षरता ८५ प्रतिशत पुर्‍याउँदा बेरोजगारी दर ५ प्रतिशतमा सीमित गर्ने १६औं योजनाको लक्ष्य छ ।

    उक्त योजनाले विद्युत उत्पादन ११ हजार ७ सय ६९ मेगावाट र विद्युत् पहुँच शतप्रतिशत जनसंख्यामा पुर्‍याउने र इन्टरनेट ९० प्रतिशत जनसंख्यामा पुर्‍याउने लक्ष्य लिएको छ । साथै औसत आर्थिक वृद्धिदर ७.१ प्रतिशत हुने लक्ष्य लिएको छ ।

     

    यसमा तपाइको मत

    Facebook Comment