बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

अनलाइनसमय |
१७ वैशाख २०८२
बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

काठमाडौं, १७ वैशाख । सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको बैठक अहिले प्रधानमन्त्रीको निवास बालुवाटारमा बसिरहेको छ ।

बैठकमा सरकारका कामकारबाही, आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम लगायतका विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सरकारको नीति तथा कार्यक्रम वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा प्रस्तुत गर्दै छन् ।

साथै बैठकमा शिक्षक र चिकित्सकहरुको आन्दोलन लगायतका समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने बताइएको छ ।

बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उपमहासचिवहरु प्रदीपकुमार ज्ञवाली, विष्णुप्रसाद रिमाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टीका अध्यक्ष अशोकुमार राईलगायत सहभागी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस