प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान

अनलाइनसमय |
१९ असोज २०८३
प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान

काठमाडौं, १९ असोज । प्रधानसेनापति अशोकराज सिग्देल औपचारिक भ्रमणका लागि सोमबार संयुक्त अधिराज्य (बेलायत) प्रस्थान गरेका छन् । बेलायती सेनाका चिफ अफ द जनरल स्टाफ जनरल सर रोली वाल्करको निमन्त्रणामा प्रधान सेनापति सिग्देल असोज १९ देखि २५ गतेसम्म बेलायतको औपचारिक भ्रमणमा गएका हुन् ।

प्रस्थानअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रथी प्रदीप जंग केसीले प्रधानसेनापति सिग्देललाई बिदाइ गरेका थिए ।

उक्त भ्रमणले सदियौँदेखि कायम दुई देशबीचको आपसी सैनिक सम्बन्धलाई थप सुदृढ गर्न सहयोग पुग्ने सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सैनिक कूटनीतिमार्फत नेपालको परराष्ट्र नीतिमा समेत योगदान पुग्ने सेनाको विश्वास छ ।

प्रधानसेनापति सिग्देलको अनुपस्थितिमा रथी प्रदीपजंग केसीले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नेछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस