सुनको मूल्य घट्दा चाँदीको बढ्यो, कतिमा हुँदैछ कारोबार ?

अनलाइनसमय |
१९ असोज २०८३
सुनको मूल्य घट्दा चाँदीको बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १९ असोज । सोमबार नेपाली बजारमा सुनको मूल्य घट्दा चाँदीको भने बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ४ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सुन तोलामा २ हजार ९ सयले घटेर २ लाख ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदी तोलामा ४० रुपैयाँले बढेको छ । आइतबार प्रतितोला ४ हजार ३९० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ४३० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस