तोलामा २ हजार ९ सयले घट्यो सुनको मूल्य

अनलाइनसमय |
१८ असोज २०८३
तोलामा २ हजार ९ सयले घट्यो सुनको मूल्य

काठमाडौं, १८ असोज । आइतबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा २ हजार ९ सय र चाँदी ६० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला २ लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, शुक्रबार प्रतितोला ४ हजार ४५० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ३९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस