आईपीयूको १५३औँ महासभामा जानुअघि सभामुखले भेटे राष्ट्रपतिलाई

अनलाइनसमय |
१६ असोज २०८३
आईपीयूको १५३औँ महासभामा जानुअघि सभामुखले भेटे राष्ट्रपतिलाई

काठमाडौं, १६ असोज । सभामुख डीपी अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन् । आज शीलतनिवास पुगेर सभामुखले राष्ट्रपतिसँग भेट गरेका हुन् ।

भेटका क्रममा सभामुख अर्यालले अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन जान लागेकोबारे जानकारी गराएको सभामुखको सचिवालयले जनाएको छ ।

सभामुख अर्याल आइतबार आईपीयूको महासभामा सहभागी हुन प्रस्थान गर्दै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस